भरतपुर अस्पतालमा १२८ स्लाइ्सको सिटीस्क्यान मेशिन आउने

What's This?


Download our app to get more features

चितवन, १५ जेठ । भरतपुर अस्पतालमा १ सय २८ स्लाइसको अत्याधुनिक सिटीस्क्यान मेशिन आउने भएको छ ।

क्रोनरी एनजिओग्राफी गर्न मिल्ने अत्याधुनिक सिटीक्यान मेशिन ल्याउनका लागि अस्पतालले ग्लोवल टेण्डर आब्हान गरेको छ । यस्तो मेशिन राजधानी बाहिरका सरकारी अस्पतालमा अन्यत्र कहीँ पनि उपलब्ध नभएको अस्पतालले उल्लेख गरेको छ ।

अस्पतालले सिटिस्क्यान खरिदका लागि जेष्ठ १० गते ४५ दिने अवधि तोकि ग्लोवल सूचना जारी गरेको स्टोर शाखा प्रमुख लिलाधर पौडेलले जानकारी दिए । सिटी स्क्यान मेशिन खरिदका लागि नेपाल सरकारले ८० प्रतिशत रकम खर्च व्यहोर्ने छ भने भरतपुर अस्पताल बिकास समितीले २० प्रतिशत खर्च गर्ने जनाइएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जेष्ठ ५ गते भरतपुर अस्पताललाई सिटीस्क्यान मेशिन खरिदका लागि बजेटको सूनिश्चितता गरेको पत्र प्रदान गरेको अस्पताल विकास समितीका अध्यक्ष विजय सुवेदीले जानकारी दिए ।

एनजिओग्राफी सहितको सिटीस्क्यान मेशिन उपलब्ध भएपछि अस्पतालले कार्डियोलोजी सेवा पनि विस्तार गर्ने तयारी थालेको छ । अस्पतालका मेसु डा. रूद्रप्रसाद मरासिनीले १ सय २८ स्लाइसको सिटीक्यान मेशिन अहिलेसम्मकै पछिल्लो भर्सन भएकोले चितवनका अन्य अस्पतालका बिरामीहरूले पनि सुपथ मुल्यमा भरतपुर अस्पतालबाट सेवा लिन सक्ने बताए ।

Last modified on 2016-05-28 11:59:58

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts