‘डाक्टरको मन्त्रालय’ जहाँ बीपी सेट समेत छैन



Download our app to get more features

काठमाडौं, ५ भदौं । करिब तीन करोड नेपालीको स्वास्थ्यको जिम्मा लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष रक्तचाप जाँच गर्ने ब्लड प्रेसर सेट समेत छैन । स्वास्थ्य मन्त्रालयलाई चिकित्सकहरुको मन्त्रालयका रुपमा हेरिन्छ ।

कर्मचारी प्रशासन, लेखा, आन्तरीक प्रशासन र कानुन शाखा बाहेक मन्त्रालयमा सबै चिकित्सकहरु रहेका छन् । स्वास्थ्य क्षेत्रका बारेमा प्रशासनका मान्छेले बुझ्न नसक्ने भन्द‌ै केही वर्षदेखि सरकारले स्वास्थ्य मन्त्रालयमा सचिव समेत डाक्टर नै हुने व्यवस्था गरेको छ ।

जम्मा १ सय ६ जनाको दरवन्दी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई तिहाई कर्मचारी स्वास्थ्य क्षेत्रका छन् । तर, सिङ्गो देश र जनताको स्वास्थ्यको जिम्मा लिएको मन्त्रालयमा आपतकालिन अवस्थामा जाँच गर्ने कुनै प्रविधि छैन । प्राथमिक उपचार गर्ने सामान्य उपकरण समेत मन्त्रालयमा नभएको कर्मचारीहरु बताउँछन् ।

दिनमा ५ सयको आवागमन

स्वास्थ्य उपचारका लागि सहायता रकम लिनेदेखि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु लगायत प्रत्येक दिन स्वास्थ्य मन्त्रालयमा पाँचसय संख्यामा सराेकारवालाकाे आवागमन हुने गरेको छ । मन्त्रालयका कर्मचारीहरुका अनुसार कतिपय अवस्थामा कर्मचारीदेखि सेवाग्राही समेत मन्त्रालय भित्र बिरामी हुने गरेका छन् ।

मन्त्रालय चलाउने सचिवदेखि कर्मचारी सम्म डाक्टर रहेका छन, एक कर्मचारीले भने, 'अझ सरुवा बढुवा, लगायत अन्य काममा समेत आउने डाक्टहरु मात्रै दिनमा ३ सय बढी हुन्छन् । यस्तो अवस्थामा समेत मन्त्रालयमा सिटामोल देखि बीपी सेट पनि छैन ।' जानकारहरुका अनुसार सचिवलाई यस्तो विषयको कुनै ज्ञान छैन ।

डाक्टरको भीडमा बिरामी परे कहाँ जाने

मन्त्रालयका उपसचिव बाबुराम खनालले डाक्टरहरुले चलाएको मन्त्रालयमा प्राथमिक उपचारका सबै सामान हुनु पर्ने बिचार राख्छन । 'मन्त्री, सचिवलाई नै टाउको दुख्यो भने प्रेसर जाँच गर्ने प्रविधि छैन । त्यसकै लागी एक किलोमिटरको दुरीमा रहेको वीर अस्पताल जानुपर्छ ।

मन्त्रालयका ५ वटा कोठा वषौं पुुराना फर्निचर थन्क्याएर राखिएको छ । त्यसलाई खालि गरेर एउटा राम्रो प्राथमिक उपचार दिने कक्षको निमार्ण गर्न सकिन्छ । आवश्यक उपकरण राखेको खण्डमा मन्त्रालयमा आउने चिकित्सकले नै आकस्मिक सेवा दिन सक्नेछन् ।'

Last modified on 2018-08-22 08:04:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts