आकस्मिक गर्भनिरोधक साधनका असरहरु (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, १४ जेठ । असुरक्षित यौन सम्पर्कपछि आकस्मिक गर्भनिरोधक साधनको बढ्दो प्रयोगले स्वास्थयमा समस्या आउने गरेको छ । युवा वर्ग यौन स्वास्थ्यमा सचेत भएपनि विभिन्न औषधिको अनावश्यक प्रयोगबाट हुने असरका बारेमा हक्का नराखी गर्भनिरोधक साधन प्रयोग गर्दा विभिन्न समस्या आउने गरेको चिकित्सकहरु बताउँछन् । 

आकस्मिक रुपमा गर्भ बस्दा प्रयोग गरीने औषधि नै आकस्मिक गर्भनिरोध साधन हो । यो साधनको प्रयोग यौन सम्पर्क भएको एक सय २० घण्टा अर्थात ५ दिन भित्र गर्नुपर्ने हुन्छ । तर युवतीहरुमा यसलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्ने प्रचलन बढ्दै छ । 

स्त्री रोग तथा प्रसुती विषेशज्ञ डा. शान्ति जोशीका अनुसार आकस्मिक गर्भनिरोधक औषधि आकस्मिक अवस्थामा भएको यौन सम्पर्कबाट हुन सक्ने गर्भधारणबाट बच्ने एउटा उपायमात्र हो । यसको नियमित प्रयोगले शरीरमा हर्मोनको स्तरमा वृद्धि गराई हर्मोनल सम्बन्धित विभिन्न किसिमका जटिलता देखिन सक्छ । 

यस्ता साधनले यौन तथा एचआइभी एड्स जस्ता यौनजन्य संक्रमणबाट जोगाउँदैन । यसको नियमित प्रयोगले हाड खिइने क्यान्सरको समस्या, मुटु सम्बन्धि विभिन्न समस्या आउने र शरीरको प्रतिरोधात्मक क्षमतामा ह्रास आउने डा.जोशी बताउँछिन् ।

आकस्मिक गर्भनिरोधक चक्कीमा उच्च मात्रमा हर्मोनको प्रयोग गरिएको हुन्छ । यसको जथाभावी प्रयोगले महिलाहरुमा प्रजनन सम्बन्धि समस्याहरु उत्पन्न हुन सक्छ । यसैगरी महिनावारीमा अनियमितता, रक्तस्राव भइरहने जस्ता असरहरु देखापर्ने सम्भावना हुन्छ । 

यस्ता साधनको प्रयोग गर्दा महिलाहरुको डिम्ववाहिनी नलिमा बहने डिम्बको उत्पादनलाई रोकेर गर्भवती हुने प्रकियालाई रोक्छ र निषेचित अण्डालाई गर्भासयसम्म जान रोक्छ । जहाँ निषेचित डिम्ब गर्भासयमा पुगेपछि भु्रणको विकास शुरु हुने चिकित्सकहरुको भनाइ छ । 

आकस्मिक गर्भनिरोधक चक्किलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्ने प्रचल बढ्दो छ । गाउँदेखि शहरसम्म सामान्य औषधि सपलमा पनि सजिलै किन्न पाइने भएकोले सबैको पहुँच यस्ता साधनमा बढ्दै गएको  छ । चिकित्सकहरुका अनुसार आफूखुसी यस्ता साधन प्रयोग गर्दा गम्भीर स्वस्थ्य समस्याहरु देखापर्छन् । 
 

Last modified on 2016-05-28 16:12:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts