डा. अनिल भट्टराईद्धारा निशुल्क मुटुको शल्यक्रिया

What's This?


Download our app to get more features

काठमाडौं, १४ जेठ । सेभ द हार्ट, नेपाल कार्डियो लाजिम्पाट र ग्रिनसीटी अस्पतालको संयुक्त सहयोगमा ओखलढुंगा निवासी कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया सम्पन्न भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले आफूले ओखलढुंगाको कुन्तादेवी गाविस वडा नं २ का मुटुरोगी धमलाको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिए । धमलाको शल्यक्रिया डा. भट्टराईको नेतृत्वमा डा. रन्जन सापकोटा, डा. विभुष श्रेष्ठ, डा. आशिष अमात्यको टोलीले गरेको थियो । 

मुटु रोगी धमलाको जन्मजात मुटुमा प्वाल एवम् पीएपीभिसी अर्थात् फोक्सोबाट मुटुमा आउने नलीहरु उल्टो जोडिने समस्या देखिएको थियो । नेपालको इतिहासमा डा. भट्टराईले आफूले मुटुसम्बन्धि अनौठो रोगको उपचार पहिलोपटक मिनिमल इन्भ्याजिव सर्जरी (सानो घाउबाट ओपन हार्ट सर्जरी) मार्फत सम्पन्न गरेको दाबी गरे । 

डा.भट्टराईले आफूहरुले सेभ द हार्ट अभियानको स्थापनासँगै गरिब, असहाय, विपन्न र दिनदुखीहरुको सेवा गर्न थालेको बताए । यसअघि पनि आफूले १६ जना विरामीको निःशुल्क शल्यक्रिया गरिसकेको उनले जानकारी दिए । 

बिरामी कमल धमलाले आफूले नयाँ जीवन पाएको भन्दै निःशुल्क शल्यक्रिया गरिदिएकोमा डा.भट्टराइलाई भगवानको रुपमा लिएको बताए । उनले आफ्नो व्यक्तिगत पहलमा उपचार सम्भव नै नभएकोले आश मारेपनि उपचारपछि निको हुन पाएकोमा खुशी व्यक्त गरे । 


 

Last modified on 2016-05-27 18:25:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts