यस्तो अवस्थामा पिसाबको रंग कालो हुन्छ
सामान्यतयाः पिसाबको रंग पहेँलो, गाढा पहेँलो, हल्का रातो हुन्छ भन्ने हामी सबैलाई थाहा नै छ । तर, पिसाब कहिले काहिँ कालो पनि हुन्छ भन्दा अचम्म लाग्न सक्छ । यसरी पिसाब कालो हुने विभिन्न कारण हुन्छन् कतिपय अवस्थामा तपाईंको खानपिनका कारण यस्तो हुनसक्छ भने कतिपय अवस्थामा विभिन्न औषधि सेवनका कारण पनि हुन्छ । खानाको कारण पिसाब कालो भएको रहेछ भने यसका चिन्ता गर्नुपर्ने कुनै कारण नै छैन । किनकी उक्त खाना खान छोडे केहिँ समयपछि फेरि पिसाब नियमित रंगमा नै आउँछ । तर, औषधि या अन्य रोगका कारण पिसाब कालो भएको छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ । पिसाबको रंग कालो भयो भने कसरी उपचार गर्ने भन्ने बारेमा यहाँ केही सुझाब दिएको छ ।
कालो पिसाबलाई अल्काप्टोनूरिआ वा ब्लाक वोन डिजिज पनि भनिन्छ । यो एक प्रकारको आनुवंशिक मेटाबोलिक विकार हो । यसको सबै भन्दा महत्वपूर्ण लक्षण के हो भने पिसाब फेरिसकेपछि सो पिसाब बिस्तारै कालो हुन थाल्छ । अल्काप्टोनूरिआ एक दुर्लभ अनुवांशिक मेटाबोलिक विकार हो जसले पिसाबलाई कालो बनाउँछ । यो वंशाणुगत कारणबाट बढी हुन्छ । अल्काप्टोनूरिआका कारण पिसाबमा प्रोटिन बनाउन मद्दत गर्ने फिनाइलालानाइल र ट्राइरोसिन नामको अमिनो एसिडलाई नष्ट गर्छ । अमिनो एसिड नष्ट भएपछि एचीडी जीन मा केही परिर्वतन देखिन्छ जसले होमोजेनटिसेट डाईआक्सिजिनेसनको कार्यप्रणालीमा अवरोध गर्छ । यसका कारण होमोजेनटिसिक एसिड रगतमा जम्मा हुन्छ । सोही रगतमा जम्मा भएको आक्सिडाइज अनकाप्टन पिसाबको माध्यमबाट बाहिर निस्कन्छ यसबेला पिसाब कालो देखिन्छ ।
रगतमा जमेको अक्सिडाइजले शरीरमा विषको काम गर्छ । सिधै शरीरमा असर नगरे पनि शरीरको कुनै तत्व बनाउन बाधा पु¥याउँछ । कालो पिसाब आउने समस्या विशेषगरी यूवामा बढी देखिने गरेको छ । यसका लक्षण निम्न छन् ।
- कान, आँखा र नितम्बमा बिमिरा आउने
- गर्दन र मेरुदण्डमा पीडा हुने
- मुटुको धड्कन अनियमित हुने
- मिर्गौलालगायत अन्य अंगमा पत्थरी हुने
कसरी थाहा पाउने
पिसाब फेरिसकेपछि हावाको सम्सर्गमा आउनसाथै देखि पिसाबको रंग परिवर्तन हुन थाल्छ । आफूलाई संका लागेमा चिकित्सकसँग परामर्श लिने र चिकित्सकले रगत परीक्षण गरेर पनि समस्या बारे थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा आस्टियो अर्थराइटिको पनि परीक्षण गर्नुपर्ने हुनसक्छ । कतिपय अवस्थामा आँखा, छाला र जोर्नीमा भएको पीडाबाट पनि समस्याको पहिचान हुनसक्छ ।
उपचार
अहिलेसम्म यो समस्याको स्पष्ट उपचार पद्धति विकास भइसकेको छैन । तर, प्रोटिनयुक्त खानेकुरा, भिटामिन सिको हाइ डोज सेवनबाट कार्टिलेजमा एचजीएको संचय कम गराउन भने सकिन्छ । यसबाहेक मुटुरोग, हड्डीसम्बन्धी रोग, पत्थरीको उपचारबाट पनि समस्याबाट राहत पाउन सकिन्छ । पछिल्लो समय थेरापीबाट पनि यो समस्यामा राहत मिलेको धेरैले बताउने गरेका छन् ।
(एजेन्सीको सहयोगमा)