टीनएजमा हुनुहुन्छ ? पढ्नुहोस् १६ ब्युटी टिप्स



Download our app to get more features

टिनएज चन्चलताले भरिएको उमेर हो । यहिबेला उनिहरुको व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य, सौन्दर्य लगायतका हरेक विषयमा सहि तरिकाले समायोजन गर्न सक्नुपर्छ । यो उमेर समुहका हरेक किशोरीहरुको ध्यान सबैभन्दा बढि आफै कसरी अरु किशोरीभन्दा सुन्दर देखिन सकिन्छ भन्ने विषयमा जिज्ञाशा र कौतुहलता हुन्छ, जुन स्वभाविक पनि हो । तर अझ राम्रो राम्रो बन्ने बाहानामा जथाभावी कस्मेटिक्स सामानहरुको प्रयोग गर्नतर्फ लागेमा सुन्दरतामा निखारता आउनुको सट्टा अझ कुरुप बनाउन सक्ने भएकाले टिनएजरहरुले यस विषयमा ध्यान पुर्याउनु अत्यन्तै जरुरी छ । 

यहि कुरालाई मध्यनजर गर्दै साधनाले ति किशोरीहरुका लागि १९ ब्युटि टिप्स दिएको छ । विशेषज्ञको परामर्शद्धारा तयार पारिएको उक्त व्यूटी टिप्सलाई पालना गर्न सकेको खण्डमा आफ्नो सौन्दर्यलाई थप निखारता दिन सकिन्छ । 

टिनएजमा धेरै मेकअप गर्नु हुँदैन । यो उमेरमा त्यसैपनि छाला चम्किलो र आकर्षक हुन्छ । धेरै मेकअप गरेमा त्यसले प्राकृतिक सुन्दरता नै छोपिदिन्छ । किशोरावस्थामा धेरै मेकअप गर्नाले उनिहरु आफ्नो छालाको चमक हराएर आफ्नो उमेरभन्दा पाका देखिन्छन् । 

मेकअप गर्दा छालाको प्रकृतिअनुसार गर्नपर्छ । पहिले आफुलाई कुन मेकअप गर्दा उपयुक्त हुन्छ भन्ने बुझेर मात्र कस्मेटिक्स  सामानको प्रयोग गर्नुपर्छ ।

फाउण्डेसन टिनएजका लागि शत्रु हो । फाउण्डेसन वयस्क छालाको लागि उपयूक्त हुन्छ । कतिपय किशोरीहरु आफ्नो छालामा देखिएका दाग र चायाँलाई छोप्न फाउण्डेशनको प्रयोग गर्ने गर्दछन । तर त्यहि फाउण्डेसनले प्राकृतिक सुन्दरतलाई हटाई उनिहरुको छालालाई बुढ्यौलीतर्फ धकेलिरहेको हुन्छ । त्यसैलै अनुहारको दाग र चायाँलाई छोप्न कन्सिलर(आँखामा लगाउने मेकअप)को प्रयोग गर्नृ उपयूक्त हुन्छ ।

यदि किशोरावस्थामै अनुहारमा चायाँ आएको छ भने डर्मेटोलजिस्ट (छालारोग विशेषज्ञ) सँग सम्पर्क गरिहाल्नुपर्छ । समयमै  डर्मेटोलजिस्टसगं परामर्श लिनसके पछि देखिने समस्याको सावधानी पनि उनिहरुको सल्लाहबाट गर्न सकिन्छ ।

सम्भव भएसम्म कम्तीमा ३ महिनामा एकपटक ब्युटिपार्लर जानु उपयूक्त हुन्छ । 

पार्लर गएमा आफ्नो सौन्र्दयको बारेमा उचित परामर्श लिन सकिन्छ ।

जाडो या गर्मी महिनामा बाहिर निस्कँदा सधै सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

चर्को घामले छालालाई कालो र चमकहिन बनाउछ त्यसैले सकभर चर्को घामबाट आफुलाई बचाउनुपर्छ ।

अनुहारमा सकभर साबुनको प्रयोग गर्नु हुन्न । यदि प्रयोग गर्नै पर्छ भने क्षारहीन साबुनको प्रयोग गर्न सकिन्छ । 

दिनभरिको धूवाँ धुलो पसिना तथा मेकअप लगाएको अनुहार साबुनपानीले धुदा पूर्ण रुपले सफाई नहुने हुदा क्लिजिड गर्नु आवश्यक हुन्छ ।

क्लिजिड गरिसकेपछि चिसो पानी अनुहारमा छ्याप्नुपर्छ ।

सुख्खा छालाको लागि स्क्रव अति आवश्यकता हुन्छ । स्क्रव गरिसकेपछि अनुहारमा मस्चराइजर लगाउनुपर्छ ।

नियमित मेडिक्योर र पेडिक्योर गराउनुपर्छ ।

कसैकसैको छाला सामान्य प्रकृतिको (न तेलिय न त सुख्खा) हुन्छ । त्यस्तो छालाको केयर गर्ने सबैभन्दा राम्रो उपाय भनेको दिनमा चार पाचपटक सफा पानीले धुनु नै हो ।

जति बढि पानी पिउन सकिन्छ पिउनुपर्छ । शुद्ध पानी बढि पिउन सकियो भने सौन्दर्य र स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

रेसायूक्त फलफुल, काक्रा, गाजर, काचो बन्दा साग आदिको सेवनमा बढि जोड दिनुपर्छ । यस्तो खानेकुराले स्वास्थ्यलाई निकै फाइदा पुग्नुको साथै अनुहारमा निकै चमक र निखारता ल्याउँछ ।

सौन्दर्य र सन्तुष्टि एक अर्काका परिपुरक हुन । त्यसैले आफु र आफ्नो सौन्दर्यप्रति सन्तुष्टि बन्न सक्नुपर्छ । यदि सधै असन्तुष्टि रहियो भने जतिसुकै सौन्दर्यमा ध्यान दिए पनि चमकता हने जिरो भएर जान्छ ।

 

(सौन्दर्य विज्ञ सरिता शर्मा सँग गरिएको कुराकानीको आधारमा)

Last modified on 2018-07-23 08:34:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts