थाइराइडबाट कसरी बच्ने गर्भवती महिला ? (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौ, १२ जेठ । गर्भवती महिलालाई थाइराइड हर्मोनको कमि भएमा हाईपोथाइराइडको समस्या हुन्छ । हाईपोथाइराइड हुँदा गर्भवती महिलालाई मात्र नभइ नवजात शिशुमा पनि विभिन्न समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन् । 

थाइराइड रोग विशेषज्ञ डा.डिना श्रेष्ठका अनुसार हाईपोथाइराइडले आमाको स्वस्थ्य तथा नवजात शिशुको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ । हर्मोनको कमि हुँदा गर्भवति महिलामा डिप्रेसन हुने, एकाग्रताको कमी हुनु, कुनै पनि काम गर्न मन नलाग्ने अथवा चन्चल हुने, मुटुको चाल कमि हुनु, रक्तचाप उतारचडाव हुनु तथा शरीरमा पानीको कमि हुनु र हात खुट्टा सुनिनु जस्ता लक्षण देखा पर्ने डा. श्रेष्ठ बताउँछिन् । 

 

गर्भवती महिलामा हाईपोथाइराइड भएमा बच्चामा श्वासप्रस्वास सम्बन्धि समस्या उत्पन्न हुने, बच्चाको मानसिक विकास पूर्ण रुपले नहुने र बच्चा जन्मनु अगाबै मृत्यु हुनेलगायतका समस्या देखा पर्छन् । 

त्यसैगरी हर्मोनको कमी भएमा गर्भपतन हुने, गर्भावस्थामा उच्च रक्तचाप हुने, रक्तअल्पता हुने, समय अगावै शिशुुको जन्म हुने, प्रसुति अवस्थामा अत्याधिक रक्तश्राव हुने जस्ता खतराहरु देखापर्न सक्ने चिकित्सकहरुको भनाइ छ । 
 

Hamro Doctor
Last modified on 2016-05-26 06:08:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts