काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टर चौथों वर्षमा प्रवेश
ललितपुर, १ साउन । काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टरले आज आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।
३ वर्ष पुरा गरि सेन्टर आजबाट चौथों वर्षमा प्रवेश गर्दै आफ्ना सम्पूर्ण ग्राहकलाई धन्यवाद दिएको छ ।
सेन्टरले ३ वर्षको अवधिमा ४३ हजार भन्दा बढि सेवाग्राहीको उपचार गरिसकेको छ ।
ललितपुरको जाउलाखेलमा रहेको सेन्टरले मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धी सम्पूर्ण सेवाहरु विषेशज्ञ चिकित्सकहरुबाट प्रदान गर्दै आइरहेको छ ।