‘अनुहार र छालालाई स्वस्थ राख्न एकघण्टा कपालभाँती गर्छु’– इन्दिरा जोशी
चौबन्दी चोली अनि रातो घांघर भनेर गाउँदै स्टेजमा नाच्ने इन्दिरा जोशीलाई अहिले यूवापुस्ताको ठूलो जमातले चिन्छ । ‘नेपाली साकिरा’ को उपनाम पनि पाएकी इन्दिराको प्रस्तुतिको फरक स्टाइल नेपाली संगीतप्रेमी माझ चर्चित छ ।
योग र कपाभाँती उनको नियमित व्यायाम हुन् । ‘दैनिक कपालभाँतीले छालाको समस्या नहुने भएकाले दैनिक कपालभाँती गर्छु नियम मिलाएर गरे यस्ले राम्रो गर्छ मलाई राम्रो गरेकाले दैनिक १ घण्टासम्म गर्छु’ हाम्रो डाक्टरसँगको कुराकानीमा उनले भनिन् ।