६ वर्षदेखि औषधि अभियान चलाइएपनि बाँके बर्दियामा हात्तीपाइलेको जोखिम उस्तै
सरकारले विगत ६ वर्षदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएपनि बाँके र बर्दियामा हात्तीपाइले रोगको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । बाँके र बर्दिया हात्तीपाइलेको अझैपनि उच्च जोखिममा रहेका छन ।
२०७२ माघमा बाँकेको नेपालगञ्ज र रझैनाका ६ सय २४ जना स्थानीय बासिन्दाको रगत चेक जाच गर्दा ९९ जना अर्थात करिव १६ प्रतिशतमा हात्तिपाइले पोजेटिभ देखिएको थियो ।