नुवाकोटको त्रिशुली अस्पतालमा फोहोर व्यवस्थापनका लागि 'वायोग्यास प्लान्ट'



Download our app to get more features

सरकारी अस्पतालको सबैभन्दा ठूलो चुनौती अस्पतालजन्य फोहर व्यवस्थापनलाई  मानिन्छ ।

अव्यवस्थित विसर्जन गरिएका फोहरबाट आउने दुर्गन्धले बिरामी एकातिर हैरान भएका हुन्छन भने अस्पतालबाट नै रोग को महामारी फैलिन सक्ने जोखिम हुन्छ। तर,  नुवाकोटको  सरकारी अस्पताल त्रिशूली अस्पतालले जिल्ला तहमा  पहिलो चोटी ‘बायोग्यास प्लान्ट’ राखेर फोहरको उचित व्यवस्थापन गर्ने उपाय निकालेको छ ।

यसबाट फोहर र दुर्गन्धको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तो ऊर्जा पनि प्राप्त भएको छ । 

गर्भवती महिलाहरूलाई सुत्केरी गराउदा निकस्ने प्लासेन्टा, अन्य मानव अंग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहरबाट अस्पतालमा बायोग्याँस प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको  हो ।

त्रिशूली अस्पतालमा वार्षिक औसत १६ सय जना महिलाहरूले सुत्केरी सेवा लिदै आएका छन् ।

बायोग्याँस प्लान्टमा सुत्केरी गराउदाका सालनाल, बिभिन्न मानवजन्य अंगहरू, मासुका टुक्राहरू, अन्य सड्ने फोहरहरू सवै प्लान्ट भित्र राखिने छ ।

स्वास्थ्य मन्त्रालय वागमती प्रदेशको अस्पताल सुदृढ़ीकरण कार्यक्रमको करिब ९ लाख  रुपैयाको लागतमा त्रिशूली अस्पतालले बायोग्यास प्लान्ट निर्माण गरेको हो।

४० घनमिटरको सो प्लान्टबाट दैनिक ७० जना व्यक्तिलाई विहान बेलुका खाना बनाएर खुवाउन सकिन्छ।

यो प्लान्टमा निस्किएको ग्याँस अस्पतालको चिकित्सकहरूको मेसमा  तथा विरामीहरूलाई निशुल्क खाना बनाउने प्रयोजनको  लागि प्रयोग गरिने अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए ।

अस्पतालले मासिक १० हजार बराबरको एलपी ग्याँस बिरामीलाई नि:शुल्क खाना खुवाउनको लागि खर्च गर्दै आएको छ ।

अस्पतालले नकुहिने फोहोरमैला पनि मासिक ३ हजारमा बेच्न थालेको छ।

बायोग्याँसबाट  सड्ने गल्ने फोहरको दीर्घकालिन व्यवस्थापन हुनेछ,” मेसु डा. पाण्डेले  भन्नुभयो, “फोहरले अस्पतालमा दुर्गन्ध फैलिन पाउने छैन भने, फोहरबाट मोहर पनि कमाउन सकिन्छ” ।

अस्पतालकी मेट्रोन देवकी खतिवडाका अनुसार अस्पतालबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन हुन थालेपछि फोहोरबाटै सर्ने विभिन्न संक्रमणजन्य रोगको जोखिम समेत न्यूनीकरण हुनेछ।

Last modified on 2022-08-12 09:30:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts