आँखालाई स्वस्थ राख्न २०/२०/२० सुत्र अपनाऔं: डा.तेज्सु



Download our app to get more features

कोरोना महामारीमा लकडाउन हुँदा हामीले धेरै मात्रामा ग्याजेटहरु प्रयोग गर्यौं । त्यसले गर्दा बालबालिकाको आँखामा धेरै समस्याहरु निम्त्याइरहेको छ । हामीले पछिल्लो समय विद्यालयमा बालबालिकाहरुको आँखाको स्क्रिन कार्यक्रमहरु गर्नु परिरहेको छ ।

त्यहाँ १५ देखि २० जना बालबालिकाहरुको आँखाको परीक्षण गर्दा ४ देखि ५ जनामा आँखाको समस्या देखिइरहेको छ । त्यसमध्ये कतिपय बालबालिकाहरुको आँखामा धेरै समस्या हुने गरेको र चस्माको आवश्यकता भएको देखिन्छ ।

ग्याजेटहरु प्रयोग नै नगर्ने भन्ने कुरा हुँदैन,त्यसलाई कसरी प्रयोग गर्दा राम्रो हुन्छ त्यो कुरामा ध्यान दिनुपर्दछ । हामीले कम्युटर,ल्यापटपहरु प्रयोग गर्दा हाम्रो आँखाबाट २० देखि २६ इन्चको दुरीमा राख्नुपर्दछ र कम्युटर प्रयोग गर्दा आँखाको स्तरभन्दा अलिकति तल राख्नुपर्दछ ।

यो बाहेक हामीले २०/२०/२० भन्छौं,त्यो भनेको २० मिनेट ग्याजेट चलाएपछि २० सेकेण्ड २० फिट टाढा हेनुपर्दछ । त्यस्तै बेलाबेलामा आँखाहरु झिम्काइराख्नु पर्दछ । हामीले चस्माहरुको प्रयोग गरेर पनि ग्याजेटहरुको प्रयोग गर्न सक्दछौं । विश्वमा २ सय ८५ मिलियन मान्छेहरुमा आँखाको समस्या छ ।

त्यसमध्ये २ सय ४६ मिलियनमा लो भिजनको समस्या छ भने ३९ मिलियनमा अन्धोपनको समस्या छ । अन्धोपन हुने प्रमुख कारणहरुमध्ये एउटा कारण हो मोतिविन्दु । धेरैजति मोतिविन्दु ५० वर्ष कटेपछि हुने गर्दछ ।

तर, कुनै पनि उमेर समूहलाई मोतिविन्दु हुन सक्दछ भनेर हामीले बुझ्नू पर्छ । मोतिविन्दु आँखामा कुनै चोटपटक लागेमा हुन सक्दछ । त्योसँगै सुगर प्रेसरको बिरामीलाई अलि चाडै मोतिविन्दु हुन सक्दछ । यसको शल्यक्रिया हामीले दुई तिन वटा कुराको आधारमा गर्ने गर्दछौं ।

पहिलो कुरा बिरामीको दैनिक जीवनमा केही प्रभाव छ की छैन् र बिरामीलाई भिजनको कति आवश्यकता छ त्यो हेरेर शल्यक्रिया गर्ने गरिन्छ । नेपालमा शल्यक्रिया दुई तरिकाबाट गर्ने गरिन्छ । एउटा हातले गरिन्छ र अर्को मेसिनबाट गर्ने गरिन्छ । मेसिनबाट गर्ने शल्यक्रिया अलि महगो छ । तर मेसिनबाट शल्यक्रिया गर्दा बिरामी अलि छिटो निको हुने गर्दछन् ।

हातले गर्ने शल्यक्रिया सस्तोमा गर्न सकिन्छ र निको हुन अलि बढी समय लाग्ने गर्दछ । विश्वको तथ्याङ्कले ६० प्रतिशत भन्दा बढीले ८ देखि १० घण्टा ग्याजेट चलाउने गरेको देखाउछ । त्यसले गर्दा आँखाको समस्या बढिरहेको नै देखिएको छ । आँखा स्वास्थ्यको बारेमा हामीले त्यति चासो दिदैनौं ।

आँखामा सामान्य समस्या देखिएमा घरमा नै विभिन्न औषधिहरुको प्रयोग गर्ने र धेरै समस्या देखिदा मात्र अस्पताल जाने प्रचलन छ । त्यसलाई हामीले सुधार्नु पर्दछ । कहिलेकाही हामीले प्रयोग गरेको औषधिहरु हनिकारक हुन सक्दछ ।

कुनै औषधिको काम गर्ने समय निश्चित हुन्छ र त्यसलाई बारम्बार प्रयोग गर्दा हानिकारक बन्न सक्दछ । त्यसैले आँखाको समस्या आएमा अस्पताल गएर देखाउनु पर्दछ ।

Last modified on 2022-01-05 14:35:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts