राजधानीमा 'भिटामिन ए' खुवाइँदै

What's This?


Download our app to get more features

फागुन २०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि महानगरभित्रका बालबालिकालाई भिटामिन ‘ए’ जुकाको औषधि खुवाउनुका साथै बर्नभिटा बाँड्दै छ । 

महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठका अनुसार जन्मेको ६ महिना देखि पाँच वर्षसम्मका  बालबालिकाले यो सुविधा पाउने छन् । 

श्रेष्ठका अनुसार महानगरपालिकाको ३५ वडामा  ३५ केन्द्रमार्फत बालबालिकाले उक्त सेवा प्राप्त गर्न सक्ने छन् ।  सोही केन्द्रमा नै सुत्केरी र गर्भवती महिलालाई पनि आवश्यक परामर्श दिने तयारी रहेको जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

केन्द्रमा आएका सबै बालबालिकामा कुपोषण पनि जाँच गरिने छ । यस कार्यक्रमका लागि झन्डै ६०० जनस्वास्थ्य स्वयंसेविका र एक सय क्लिनिक इन्चार्ज सक्रिय भएको महानगरपालिकाले जनाएको छ । कार्यक्रम आगामी आइतवारसम्म दैनिक चल्ने छ । 

भटामिन ए ले रोगसंग लड्ने रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । भिटामिन ए ले बालबालिकालाई निमोनिया, दादुराबाट जोगाउनुका साथै दृष्टि क्षमता बलियो राख्ने, रतन्धो हुनबाट जोगाउने कार्य गर्दछ । यसले शरीरका बाहिरी छाला र अंगहरुको भित्री भागमा हुने झिल्ली (इपिथेलियल टिस्यु)लाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । मुटुको भित्री सतहमा भएको भल्भ, फोक्सो, आन्द्रा, मृगौला, गिदी, रक्त नलीहरुको भित्री सतहमा हुने झिल्ली र आँखाको बाहिरी सतहमा रहेको कन्जन्टाइभा वा टल्किने पदार्थ इपिथेलियल टिस्यु हो । यसले शरीरको बृद्धिविकास गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्छ । भिटामिन ए को कमी भएमा हाडहरुको बृद्धिमा कमि आउने विशेषज्ञहरुको भनाइ छ ।

-रासस

Last modified on 2016-03-03 14:41:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts