बिरामीको मन जित्दै प्राकृतिक चिकित्सा 



Download our app to get more features

प्राकृतिक चिकित्सा जसको लक्ष्य प्राकृतिमा उपलब्ध तत्वको उचित प्रयोगद्वारा रोग निवारण गर्नु हो । प्राकृतिक उपचार पद्धति चिकित्सा विज्ञानको सबै भन्दा पुरानो विधि हो । प्राकृतिक उपचार पद्वति नेपाल, भारत र चीनमा बढी प्रचलनमा छ । अकुपञ्चर, फिजियोथेरापी, मसाज प्रकृतिक उपचार पद्धतिभित्र पर्छन् ।

नेपालमा स्पार्क हेल्थ होम अस्पतालले वर्षौदेखि प्राकृतिक पद्धतिमा बिरामीको उपचार गर्दै आएको । जुनसुकै रोगका बिरामीलाई पनि बिनाऔषधि उपचार गरिने भएकाले पछिल्लो समय यो उपचार विधि निकै प्रभावकारी बन्दै आएको छ । बिना अप्रेसन, बिना साइड इफेक्ट गर्धन, ढाड, कम्मर, घुँडा, जोर्नीहरू दुख्ने वाथरोग, प्रोल्याप्स, हड्डी खिएको, नशा च्याँपिएको, पक्षघात जस्ता रोगको यो पद्धतिबाट उपचार हुँदै आएको छ । 

प्राकृतिक उपचारका स्पार्क होमको छलांङ 
स्पार्क होमले नेपालमा १९ वर्षदेखि सेवा गर्दै आइरहेको छ । स्थापना कालमा एउटा कोठामा योगबाट सुरु गरेको यस अस्पतालमा दीर्घरोगदेखि सामान्य रोग लागेका वा रोग नै नलागेका व्यक्तिहरू पनि आउने गर्छन । आधुनिक उपचार पद्धतिबाट रोग निको नभएर निराश बनेका बिरामी स्पार्क होमका विशेष सेवाग्राही बन्दै आएका छन् ।

यस्तै बिरामी मध्ये एक हुन काठमाडांै ताहचलकी ५८ वर्षीया नानीमैया अधिकारी । मुख बांगिने समस्याका उनले काठमाडौंका विभिन्न अस्पतालमा लामो समय उपचार गराइन । समस्या ठिक नभएका कारण उनी घरबाट बाहिर समेत निस्कन नमान्ने भइसकेकी थिइन । तर स्पार्क होम अस्पताल आएको केही समयमै उनको स्वास्थ्यमा निकै सुधार भएको छ । छोटो समयमै स्पार्क होममा निकै सुधार भएको उनले बताइन । विना साइड इफेक्ट उपचार भएकोमा उनले खुसी व्यक्त गरिन । उनले भनिन् ‘पैसा भन्दा पनि स्वस्थ हुनु ठुलो कुरा हो । यो अस्पतालका सबै चिकित्सकको व्यवहार राम्रो छ ।’ 

अधिकारी जस्तै बुटवलकी ३३ वर्षीया मञ्जु गैरे पनि नशा च्याँपिएको समस्या समाधानका लागि सुविधानसम्पन्न भनिएका अधिकांश अस्पताल पुगिन । कहिँ उपचार नभएपछि उनी ओछ्यान परेकी थिइन । तर, स्पार्क होम अस्पतालमा उपचार सुरु गरेदेखि नै उनको स्वास्थ्यमा धेरै सुधार भएको छ । स्पार्क होह आएको १३ दिनमा उनी उठ्न र हिड्न गर्न सक्ने भएको उनी बताउँछिन् ।
व्वील चियरमा स्पार्क होममा आएकी उनी अहिले कसैको साहराबिनै हिडडुल गर्न सक्ने भएकी छिन् । 
स्पार्क होमबाट स्वास्थ्य लाभ लिने नानीमैया अधिकारी र मञ्जु गैरे उदारण मात्रै हुन् । स्पार्क हेल्थ होम अस्पतालले  दैनिक १ सय ५० देखि २ सय जना सम्मको उचार गर्दै आएको सो अस्पतालको भनाइ छ ।

स्पार्क हेल्थ होमका मेनेजिङ डाइरेक्टर हरिशरण रिजाल  अहिले मासिलाई औषधि र सुईको साइड इफेक्टबाट शरिरमा हुने असर बारेमा ज्ञान भएको बताउँछन । सोही कारण उनीहरू प्राकृतिक चिकित्साप्रति आकर्षित भइरहेको उनको भनाइ छ । सुरूमा १÷२ जनाको उपचार हुने यो स्पार्क होम अस्पतालमा अहिले दैनिक सयौं बिरामी आउने गरेका छन् । मानिसको जीवनशैलीमा भएको परिवर्तनका कारण नशा, वाथ रोग जस्ता समस्या धेरै देखिन थालेको उनी बताउँछन । यस्ता रोगको उपचारमा प्राकृतिक पद्धतिको विकल्प नभएको उनको भनाइ छ । उनी भन्छन् ‘यो पद्धतिबाट उपचार गर्दा औषधिको प्रयोग हँुदैन यसकारण साइड इफेक्ट पनि हुँदैन । जसले हामी कहाँ  आउने बिरामी सन्तुष्ट हुने गर्छन् ।’ साथै प्राकृतिक उपचार पद्धतिबाट उपचार गर्दा पुरानो रोगको सतहमै पुगेर स्थायी रूपमा निको हुने गर्छ । विशेषगरी नसर्ने रोग बढिरहेको अवस्थामा एलोपेथी उपचार प्रभावकारी नहुन सक्छ ।  यसकारण पनि प्राकृतिक उपचार पद्धतिमा आर्कषण बढी रहेको स्पार्क होमकी योग तथा प्राकृतिक चिकित्सक डा. गीता केसीले बताइन । 

प्राकृतिक उपचार पद्धतिका सेवाहरू 
प्राकृतिक चिकित्सा, अन्तरंग एवं बहिरंग सेवा, अर्थोपेडिक रिह्याबिलिटेसन,  न्युरो रिह्याबिलिटेसन, स्पोर्टस् इन्जुरी रिह्याबिलिटेसन वृद्ववृद्वाको लागी जेनेरियट्रिक रिह्याबिलिटेसन तथा जीवनशैली व्यवस्थापन, मसाज थेरापी, योग षटकर्म, आयुर्वेद चिकित्सा, अत्याधुनिक हाइड्रोथेरापी, लाइफ रिर्भस थेरापी, इसीजी÷एक्स रे, प्याथोलोजी सेवा सञ्चालनमा छ ।

(हाम्रो डक्टर म्यागजिनबाट)

Last modified on 2018-06-28 20:40:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts