निदानले बाथ रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर गर्दै



Download our app to get more features

काठमाडौं, २९ जेठ। निदान हस्पिटलले बाथ रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

बाथ रोगका कारण शरीरका महत्वपूर्ण अंगहरु फोक्सो, मृगौला, आँखा, मुटुमा असर पार्न सक्ने भएकाले समयमा यसको पहिचान गरी उपचार गर्नका लागि शिविरको आयोजना गर्न लागेको अस्पतालले जनाएको छ ।

शिविरमा बाथ रोग विशेषज्ञहरुद्वारा परिक्षण गर्नुका साथै निःशुल्क परामर्श पनि दिइने छ ।

आउँदो शनिबार असार २ गते निदान हस्पिटलकै प्राङ्गणमा हुने शिविर बिहान ९ बजेदेखि १ बजेसम्म सञ्चालन हुनेछ । 

शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिनका लागि हस्पिटलले सबैलाई आग्रह गरेको छ ।   
 

Last modified on 2018-07-30 11:41:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts