भेरी अस्पतालमा पहिलो पटक मुटुरोग सेवा सुरु

What's This?


Download our app to get more features

फाल्गुण १९, नेपालगन्ज। नेपालगन्जमध्य तथा सूदूरपश्चिमाञ्चलको प्रमुख केन्द्र भेरी अञ्चल अस्पताल नेपालगन्जमा पहिलोपटक मुटुरोग कार्डियोलोजी सेवा सुरु भएको छ। 

अस्पतालमा कोठामा कार्डियोलोजी सेवाको ओपिडी कक्ष सञ्चालन गरिएको हो। अस्पतालमा पहिलोपटक मुटुरोग विशेषज्ञ डा. कृष्णप्रसाद अधिकारी आएपछि सेवा सुरु गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा. श्यामसुन्दर यादवले जानकारी दिए। 

नेपालगन्जमै मुटुरोगसम्बन्धी सेवा पाउने भएपछि यहाँका सर्वसाधारणलाई सहज हुनेछ। साथै विपन्न समुदायका बिरामीलाई उपचारका लागि नेपालगन्ज बाहिर जाने झन्झटबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ।

-रासस 

Last modified on 2016-03-02 15:54:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts