हाम्रो डक्टर समाचार प्रभाव

जनस्वास्थ्यले थाल्यो विराटनगरका ल्याबमा अनुगमन

ल्याबको फ्रिजमा खानेकुरा 



Download our app to get more features

विराटनगर, २४ भदौ । विराटनगरको हस्पिटल चोकमा रहेका दुई ल्याबमा म्याद सकिएको क्यमिकल फेला परेको छ ।

जनस्वास्थ्य कार्यालय मोरङले शुक्रबार गरेको अनुगमनका क्रममा विराटनगरका केही निजी ल्याबहरूबाट म्याद सकिएको क्यमिकल फेला परेको हो ।हस्पिटल चोकमा रहेको शुभम् मेडिसिन सेन्टर र जगदम्बा प्याथोलोजी ल्याबमा म्याद गुजे्रको क्यमिकल फेला परेको जनस्वास्थ्य कार्यालय मोरङ विराटनगरका शाखा अधिकृत हरि खत्रीले जानकारी दिए । उनका अनुसार शुभम्मा हेमोस्पोट नामक क्यमिकल म्याद सकिएको अवस्थामा फेला परेको बताए । ‘हेमोस्पोट दिशामा रगत मिसिएर आएको छ, छैन त्यसको जाँचको लागि प्रयोग गरिन्छ ।’ अधिकृत खत्रीले भने । 

ल्याबको फ्रिजमा खानेकुरा 
यस्तै जगदम्बा प्याथोलोजी ल्याबमा युरिक एसिट जाँच गर्न प्रयोग गरिने ‘एलबुमिन’ क्यमिकल म्याद सकिएको अवस्थामा फेला परेको थियो । जगदम्बा प्याथोलोजीको फ्रिजमा खाने कुरा समेत राखिएको भेटियो ।’ अनुगमन अधिकृत खत्रीले भने, ‘ल्याबभित्र यस्तो चिज राख्नु हुँदैन ।’

पछिल्लो समय जनस्वास्थ्य कार्यालयले स्वास्थ्य क्षेत्रमा देखिएको बेथीति बारे हाम्रो डक्टरले समचार सम्प्रेषण गरेको थियो । ‘अनुगमन गरेकै दिन ल्याबमा म्याद सकिएको क्यामिलक फेला परेको छ ।’ शाखा अधिकृत खत्रीले भने, ‘पहिलो पटक ल्याबलाई सुध्रिन चेतवनी दिएका छौं ।’ उनले भने, ‘पुनः ती ल्याबमा अनुगमनको क्रममा क्यमिकलमा म्याद सकिएको भेटिए ल्याब नै सिल गर्दछौं ।’ल्याबबाट फेला परेको म्याथ सकिएको क्यामिलक जनस्वास्थ्य कार्यालयले नष्ट गरेको छ । 

 


 

Last modified on 2017-09-10 12:37:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts