मुख बांगिनु गम्भीर रोग होइन (भिडियोसहित)



Download our app to get more features

क्कासी मुख बांगिने वा टेडिने बेल्स पाल्सी समस्याले धेरैलाई सताएको हुन्छ  । यो रोग कतै हृदयघात वा स्टोकको संकेत त हैन् भनेर धेरै अत्तालिने गर्छन् । यस्तो समस्या किन हुन्छ र एक्कासी मुख बाङ्गिए के गर्ने भन्ने विषयमा डाक्टर सुनिल पौडेल यस्तो सुझाब दिन्छन :

अनुहार बांगिने अर्थात बेल्स पाल्सीका बिरामीहरू पछिल्लो समय बढीरहेका छन् । हाम्रो समाजमा यो रोगबारे धेरै भ्रमहरू पनि रहदै आएको छ । यस्तो समस्या देखिएपछि बिरामीलाई पक्षघात हुन्छ, हृदयघात वा स्टोक हुन्छ भन्ने भ्रम पनि छ । यस्तो भ्रमका कारण पनि यो समस्याको त्रास बढ्दो छ । तर, यो समस्या गम्भीर प्रकृतिको रोग होइन् । 

अनुहारको सातौं नम्बरको नसामा कुनै संक्रमण भए या नशामा अबरोध आए अनुहारको पक्षघात (बेल्स पाल्सी) हुन्छ ।

कारण :
यो रोग लाग्ने ठोस कारण र उपचार बारे अझैसम्म प्रष्ट भइसकेको छैन् । यद्यपि, अनुहारको नशामा हुने संक्रमण नै यसको प्रमुख कारण हो ।

  • अनुहारमा आउने नसामा संक्रमण हुनु ।
  • भाइरल संक्रमण ।
  • बढी चिसो ।
  • अनुहारमा गहिरो चोटपटक लागे ।

लक्षणहरू : 

  • अनुहार बांगिने ।
  • आँखा खोल्न वा चिम्लन गाह्रो हुने ।
  • मुखबाट र्यार बगिरहने ।
  • बोल्न गाह्रो हुने । 
  • खाना खान गाह्रो हुने । मुखमा राखे पनि खाना एक साइडमा गएर थुप्रिने । 
  • बांगिएको भाग दुख्ने । 

बच्ने उपाय :

  • विभिन्न संक्रमणबाट बच्ने ।
  • बाइक वा सवारी साधानमा यात्रा गर्दा तथा चिसोको समयमा कान छोप्ने गरि गलबन्दी लगाउने ।
  • पटक पटक रुघाखोकी लाग्नबाट बच्ने ।
  • स्वस्थ खानपान गर्ने ।

उपचार विधीः
अनुहार बांगिने समस्यमा देखिनासाथै मानिसहरूमा अब प्यारालाईसिस् हुन लाग्यो भन्ने त्रास हुन्छ । यो समस्या कै कारण शरीरमा पक्षघात हुुदैन् । यस्तो समस्याको पहिलो उपचार भने कै नआत्तिनु हो । समस्या देखिने बित्तिकै नजिकैको अस्पताल वा स्वास्थ केन्द्रमा जानु पर्छ । अधिकांश व्यक्तिले आफै ठीक हुन्छ भनि बेवास्ता गर्ने पनि गर्छन । लापर्वाहीले यो समस्या झन् बढ्न सक्छ । यो समस्याको निधानको लागि फिजियोथेरापी निकै प्रभावकारी उपचार मानिन्छ । तर थेरापी वा कुनै पनि उपचार गर्दा विशेषज्ञको सल्लाह अनुरुप गर्नु पर्छ ।

भिडियो हेर्नुस् ।

Last modified on 2017-08-24 06:57:57

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts