दुर्घटनामा घाइते भएका डा. दीपक खरेलको निधन



Download our app to get more features

काठमाडौं, २ मंसिर ।  दुर्घटनामा परि घाइते भई राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचारत डा. दीपक खरेलको निधन भएको छ। 

ट्रमाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद जोशीले डा. खरेलको आज विहान ८ बजेर २३ मिनेट जाँदा निधन भएको जानकारी दिएका छन् ।

डा. खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि काठमाडौंको काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पनि उनलाई ट्रमा सेन्टरमा रिफर गरिएको हो। 

ट्रमा सेन्टरमा उनको न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियो। डा. खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts