काठमाडौं उपत्यकामा निषेधाज्ञा थप, पुरानै मोडालिटीलाई निरन्तरता
काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकामा आगामी भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञामा पुरानै मोडालिटीलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
Last modified on 2021-08-24 17:33:46