डा. गोविन्द केसी अब नेता बन्नुपर्छ



Download our app to get more features

लाई विश्वास छ डा. गोविन्द केसीको अनसन अब रोकिन्छ, सहमति हुन्छ । डा. केसीको ज्यान  कुनै पनि हालतमा बच्नुपर्छ । मानवीय संवेदनशिलताको अभाव, राजनीतिक अन्यौलता, जिम्मेवारीपनको अभाव र घोर व्यक्तिवादि चरित्र हावी भएको यो परिवेशमा ज्यानै जोखिम पुर्याउने गरी पटकपटक अनसनमा बस्ने निर्णय गर्नु सोच्ने गर्नैपर्ने हो ।

तर, पनि आत्मविस्वासी त्यागको भावनाले अभिभूत अरुका निम्ति आफूलाई मिटाउन उद्धत सत्याग्रहिको ज्यान त्यति नाजुक त कहाँ हुन्छ र ? जसलाई कालले सहजै गाँस बनाउन सकोस् ।

तर, सबैको प्रयास र तदारुकतामा यो अन्तिम अनसन बनोस् । तर अब नवौं अनशन नहुने वातावरण बन्नुपर्छ । युवा नेताहरू गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठहरु धन्यवादका पात्र छन् । बिगतमा पनि नागरिक समाज, मानवअधिकारकर्मीहरुको पहल र मध्यस्थतामा भएका सहमति कार्यान्वयन हुन सकेनन् । त्यसैले अनसन दोहोरिरहे । अब भने आठौं अनसन अन्तिम होस् । सहमति कार्यान्वयनमा डा. केसीलगायत सम्वद्ध सबै पक्षको निरन्तरता रहोस् ।
अब डा. केसीको सहमती कार्यान्वयनमा निरन्तर कृयाशिलताको जरुरत पर्दछ । सामाजिक रुपान्तरण चाहने व्यक्ति अन्र्तमुखी बन्नु हुन्न । अब डा. केसीले अनसनकारी मात्रै होइन नेताको भूमिका पनि निर्वाह गर्नुपर्छ । 

पंक्तिकारलाई सम्झना छ सायद त्यो तेस्रो अनसन थियो जस्को समाप्तिको लगत्तै उहाँले जाजरकोटमा झाडापखालाको नियन्त्रणमा संलग्न हुन जानु भयो । यहाँ अनेक षड्यन्त्रका तानाबाना बुन्दै सहमतिलाई कार्यान्वयन हुन दिइएन । फेरि त्यस्तै तानाबाना बुन्ने कामले निरन्तरता पाइरहन सक्दछन् ।

बिशेषगरी डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउने हामी चिकित्सक, नागरिक समाज र युवा सांसदहरुको निरन्तर कृयाशिलता, सचेतता र भिजिलेन्सिको जरुरत छ ।
डा. केसीले आत्मसात गर्नुपर्छ जसरी उहाँको सत्याग्रहप्रति व्यापक समर्थन छ त्यत्तिकै उहाँको अनशनलाई निरर्थक बनाउने प्रयास पनि कम प्रभावकारी छैन । केसी र उनको पक्षबाट अनसनपछिको कार्यान्वयनको चरणमा उदासीनता प्रकट भएर अनसनकै पुनरावृत्ति भइरहे त्यो प्रभावहिन हुन सक्छ ।

सबैको प्रयास र निरन्तर कृयाशीलतामा यो अनशनलाई अन्तिम बनाउँ  । सम्भव भएसम्म निजी मेडिकल कलेजसँग सम्बद्ध पक्षका जायज मागहरुलाइ पनि सम्बोधन गर्न सकिन्छ । सञ्चार जगतले खेलेको प्रभावकारी भूमिकाले पनि निरन्तरता पाओस् । सबै पक्षको प्रयास आठौं अनसनलाई अन्तिम बनाउनेमा केन्द्रित होस् ।
 

Last modified on 2016-07-22 15:18:38

1 Comments

  1. सॉंच्चै नै देशले गोविन्द केसीको नेतृत्व मागेको अनुभूती हुँदैछ.! असल नेतृत्वको खडेरी परेको बेलामा मलाई त प्रत्यक्ष निर्वाचनको कार्यकारी राष्ट्रपति बनाउन मन छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts