दाँतको परीक्षणका लागि 'स्तरीय मेसिन' अब नेपालमा

What's This?


Download our app to get more features

काठमाण्डौ, २३ असार । कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलले नेपालमा नै पहिलो पटक मुख तथा दाँतको परीक्षणको लागि अत्याधुनिक मेसिन ‘कोन बीम कम्प्यूटेड टोमोग्राफी’ भित्राएको छ । करिब डेढ करोड पर्ने उक्त मेसिनबाट मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार सहज हुने अस्पतालले दाबी गरेको छ । 

यो भन्दा अघि उपचारका लागि दाँतको परीक्षणका लागि सिटी स्क्यान गर्ने गरिन्थ्यो तर यो प्रबिधिको सहयोगले थ्री डाईमेनसनल तस्बिर तयार हुने भएकोले उपचारका लागि अत्याधिक सहयोगी हुने बताइएको छ ।

उपकरणको समहयताले दश सेकेण्डमा नै स्तरिय तस्बिर निकाल्न सकिने मात्र नभै विकिरण कम पैदा गर्ने र बिरामीलाई हुने हानी कम हुने अस्पतालका रेडियोलोजिस्ट डा. अंकित शाहले बताए । यो भन्दा अघि दाँतको उपचारका लागि प्रयोग हुँदै आएका आईओपिए एक्सरे र ओपिजी एक्सरेलाई विस्थापित गर्ने अस्पतालले बताएको छ । 

उक्त मेसिन नाक कान घाँटीको उपचारका लागि समेत प्रभावकारी रहने छ । मेसिन मार्फत ९० माईक्रोनमीटरको हाई रिजोलुसन तस्बिर हेर्न मिल्नेछ जसले गर्दा छिटो मात्र नभै स्तरिय परिक्षण गर्न सकिनेछ । 
उक्त मेसिन फ्रान्सको कोर स्ट्रिम हेल्थ नामक कम्पनीले बनाएको हो ।

 

Last modified on 2016-07-07 16:31:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts