गण्डकीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, चितवनमा उपचार हुँदै



Download our app to get more features

चितवन, २१ जेठ । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, बुलिङटार गाउँपालिका ठेगाना भई कपिलवस्तु जिल्ला, बाडगंगा नगरपालिका स्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका १६ वर्षका एक पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डकी प्रादेशिक अस्पताल कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए । 

उनले ती पुरूषको उपचार चितवनकाे कोरोना अस्थायी अस्पतालमा भइरहेको जानकारी गराए । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ५ पुगेको छ । संक्रमित भएकामध्ये २ सय ६६ जना स्वस्थ भएका छन् ।

Last modified on 2020-06-03 11:15:27

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts