एनमसी शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट घटनाको विरोधमा देशैभरका चिकित्सक आन्दोलित 



Download our app to get more features

काठमाडौं, २१ जेठ ।  नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै देशैभरका चिकित्सकहरु आन्दोलित भएका छन् । 

महामारीको विषम परिस्थितिमा दिनरात बिरामीको सेवामा खटिरहने चिकित्सकहरु सबै क्षेत्रबाट असुरक्षित भएको भन्दै आन्दोलित भएका हुन् ।

नेपाल मेडिकल कलेजमा उपचारका क्रममा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेको घटनापछि देशैभरका चिकित्सक आन्दोलनमा उत्रेका छन् ।

नेपाल मेडिकल कलेज प्रशासनले नै घटनाको सिसिटिभी फुटेज लुकाएको उपचारमा संलग्न चिकित्सकको आरोप छ । आफूहरुमाथि भएको घटनाबारे प्रशासनलाई जानकारी गराउँदापनि कुनै सुनुवाई नभएको भन्दै नेपाल मेडिकल कलेजका चिकित्सकहरुका साथै देशैभरका चिकित्सक आन्दोलनमा छन् ।

चिकित्सकको समर्थनमा बुटबलमा पनि चिकित्सकहरुले प्रर्दशन गरेका छन् । घटना भएको ६ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

बुटबलमा लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल, तथा बुटबलका अन्य सरकारी निजी अस्पतालहरुका चिकित्सकले चिकित्सकले अस्पताल परिसरमै प्ले कार्ड सहित प्रदर्शन गरे । उनीहरुले जेल विथ आउट बेलको माग समेत गरेका छन् । 

यस क्षेत्रका करिब ६० जना  चिकित्सकहरुको सहभागीतामा भएको प्रर्दशनमा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले चिकित्सकमाथि भएको दुर्रब्यवाहर प्रति कडा आलोचना गर्दे घटनाको छानबिन गरि यथासिघ्र कारबाही गर्न माग गरे ।

जनकपुरका चिकित्सकहरुले पनि मंगलावार आन्दोलन गर्दै सेवा बहिस्कार गरेका छन् । महामारीको बेलामा चिकित्सकमाथि पटक पटक हुने दुव्र्यवहार, कोरोनाको उपचारमा खटिएकाहरुलाई घरबेटि, होटल लगायतका स्थानमा राख्न नमान्ने जस्ता कामले चिकित्सकको मनोबल गिराउने कामले काम गर्न असहज भएको र सुरक्षा नै नहुँदा कार्यस्थलमा जान नसकिने भन्दै आन्दोलन गरेका छन् ।

यसैबीच नेपाल चिकित्सक संघल घटनाबारे छानबिनका लागि दुई वटा टोली गठन गरेको छ । संघका अध्यक्ष डा.लोचन कार्कीको नेत्वमा गठन भएको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर घटनाबारे छानबिन गरि दोषीलाई कारबाहीको माग गरेको छ । अर्को टोलीले नेपाल मेडिकल कलेज पुगेर आन्दोलनरत चिकित्सक र कलेज प्रशासनसँग छलफल गरेको छ ।

यस्तै डोटीमा पनि एक जना स्वास्थ्यकर्मीलाई स्थानीयले कुटपिट गरेका छन् । कोरोनाको उपचारका लागि चाहिने आवश्यक सामग्री लिएर स्वास्थ्य चौकी जाँदै गरेका स्वास्थ्यकर्मी रमेश कुवँरलाई स्थानीयले कोरोना सार्न लागेको भन्दै निर्घात कुटपिट गरेको हो । 

Last modified on 2020-06-03 15:24:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts