एकै पटक धेरै नमुना परीक्षण गर्न मिल्ने अटोमेटेड पिसिआर मेसिन खरिद गर्दै स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै पटक ठूलो मात्रामा कोरोना भाइरस संक्रमण परीक्षण गर्न मिल्ने अटोमेटेड पिसिआर परीक्षण मेशिन ल्याउने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो एक सातामा कोरोना संक्रमितको दर निकै बढेको साथै नमूना संकलनको क्रम पनि बढीरहेको छ । जसले गर्दा संकलित नमुना समयमै परीक्षण नहुने अवस्था आएकोले अटोमेटेड पिसिआर मेशिन खरिद गर्न लागेको हो । 

यस्तै धेरै समयदेखि एउटै मात्र पिसिआर मेसिन प्रयोग भइरहेका कारण केहीमा समस्या पनि आएको छ । जसका कारण पनि नयाँ पिसिआर मेशिनको आवश्यकता रहेको उनको भनाइ छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts