नाचगान गर्दै भैरहवाको भिम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएर फर्किए

रुपन्देही, १९ जेठ । भैरहवाको भिम अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये २५ जना निको भएर घर फर्किएका छन ।
रुपन्देही गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि २५ जना डिस्चार्ज भएको भिम अस्पतालका मेसु डा नबिन दर्नालले बताए ।
प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गरेका छन् । विदाई गर्दै मन्त्री बरालले कोरोनाका पहिलो स्टेजका बिरामी भएका कारण नआत्तिन आग्रह गरे ।
''कोरोना सक्रमित कोही पनि लुकेर नबस्नुहोस हामी उपचारको व्यवस्था गरेका छौँ, मन्त्री बरालले भने, उनिहरुलाई माया र सद्भावको आवश्यक हुने भएकाले सम्मान गरौं ।''
डिस्चार्ज भएका बिरामीहरुले हर्षित हुँदै भिम अस्पतालमा कार्यरत चिकित्सकलाई धन्यवाद दिँदै नाचगान गर्दै बिदा भएका छन् ।
योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ७७ पुगेको छ । यस्तै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ५ सय ६८ पुगेको छ २ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।