अपडेट

गण्डकी प्रदेशमा १६ जनामा डेंगु संक्रमण, ३ जनामा कोरोना पुष्टि

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, १९ जेठ । गण्डकी प्रदेशमा १६ जनामा डेंगुको संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका विभिन्न जिल्लामा गरि १६ जनामा डेंगु रोगको संक्रमण देखिएको हो । म्याग्दीमा ९, कास्कीमा ५ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा एक र बागलुंगमा एक जना गरि १६ जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।
यसैबीच गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्छि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ कार्यक्रमका प्रमुख डा.विनोद विन्दु शर्माका अनुसार  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, कावासोती नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २२ र ३६ का २ जना पुरुषहरु र सोहि जिल्ला बिनयत्रिवेणी गाउँपालिका ठेगाना भइ सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष  १४ का १ जना पुरुषमा गरि ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।
बंगलादेश सरकारले सार्वजनिक र निजी कार्यालयहरु खोल्ने निर्णय गरेको छ । बंगलादेशका स्वास्थ्यमन्त्री नसिमा सुल्तानले महामारीका लागि सरकारले बनाएका मापदण्ड अनुसार सरकारी तथा निजी कार्यालयहरु खोल्न लागिएको बताइन् । उनले सरकारले पोस्ट लकडाउनका लागि निर्देशिका तयार गरेको भन्दै मुलुकमो बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर काम गर्न र सुरक्षित रहन पनि सबैलाई आग्रह गरिन् । बंगलादेशमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ६ सय ५० जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ४७ हजार नाघेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा मृत्यु हुने दरपनि वृद्धि भएको छ । स्पेन र फ्रान्सलाई पछि पार्दै ब्राजिल कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेमा चौथों स्थानमा उक्लेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २९ हजार ३ सय १४ पुगेको छ । यस्तै ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५ लाख १५ हजार नाघेको छ । २० करोड जनसंख्या रहेको ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा पछिल्लो समय ३३ हजारका दरले संक्रमित थपिएका छन् ।

कोरोना भाइरसका कारण विश्वकै पाँचौ प्रभावित मुलुक स्पेनमा १५ जुनसम्मका लागि लकडाउनको समयावधि थप गरिएको छ । स्पेनमा पछिल्लो समय कोरोना संक्रमित र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आएपनि सरकारले १५ जुनसम्मका लागि लकडाउन थप्ने निर्णय गरेको हो । स्पेन सरकारले मुलुकमा कोरोना भाइरसको माहामारी नियन्त्रणमा आएपनि सावधानी अपनाउँदै लकडाउन थप्ने निर्णय गरेको छ ।

भारतमा पाँचौ चरणको लकडाउन आजबाट लागू भएको छ । भारत सरकारले मुलुकमा जारी गरेको पाँचौ चरणको लकडाउनमा विभिन्न गतिविधिका लागि छुट दिने बताएको छ । आजबाट भारतका विभिन्न राज्यका विभिन्न कुरामा छुट दिइने भारत सरकारले यसअघि नै घोषणा गरिसकेको छ । कोरोना भाइरस प्रभावित राज्यका बाहेक भारतमा आजबाट पहिलो चरणमा किनमेल केन्द्र, होटेल, रेस्टुरेन्ट, धार्मिकस्थल जस्ता स्थानलाई खोल्ने अनुमति दिएको छ । यस्तै आजबाट २ सय रेल सञ्चालन हुने पनि भारत सरकारले जनाएको छ । तर, अन्तर्राष्ट्रिय हवाई यात्रा, मनोरञ्जन पार्क, थिएटर, सिनेमा हल, सामाजिक, राजनीतिक खेल गतिविधिलाई भने बन्द रहनेछ । भारत विश्वकै सातौं कोरोना संक्रमित मुलुक बनेको छ । जहाँ हालसम्म १ लाख ८२ हजारभन्दा बढी कोरोना भाइरसका कारण संक्रमित भइसकेका छन् । ५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच भारतका चर्चित संगितकार वाजिद खानको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार केहि समय अगाडी मिर्गौला प्रत्यारोपण गराएका संगितकार वाजिद खानको आइतवार राति स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो । ४६ वर्षीय खानमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको अस्पतालले जनाएको छ ।

ईरानमा लगातार कोरोना संक्रमितको दर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा ईरानमा २५ सय १६ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै ईरानमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ । यस्तैर कोरोना भाइरसका कारण ७ हजार ७ सयभन्दा बढीको मृत्यु भएको ईरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहाँले बताउनुभयो । मुस्लिम धर्माबलम्बीहरुको पर्व रामदान र ईदलाई ध्यानमा राखी ईरानमा लकडाउन खुकुलो बनाइएको र त्यसपछि त्यहाँ कोरोना संक्रमितको संख्यामा फेरि वृद्धि हुन थालेको बीबीसीले लेखेको छ ।
 
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण संक्रमित भएका मध्ये झन्डै २८ लाख ४६ हजारभन्दा बढी मासिनहरु स्वस्थ भएका छन् । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६२ लाख ६३ हजार नाघेको छ भने कोरोना भाइरसको संक्रमणका कारण ३ लाख ७३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts