कति मर्छन् विषादीका कारण मानिस ? कस्ता रोग लाग्छन् ?



Download our app to get more features

काठमाडौं, ९ फागुन ।  विश्वमा प्रत्येक  वर्ष ४  करोड  मानिसमा  विषादीले  कुनै  न  कुनै  रुपमा  असर गर्ने  गरेको  अनुमान   छ  । साथै, विषादीकै कारण वार्षिक करिव ३ लाख ५५ हजार मानिसको मृत्य हुने  गरेको  अनुमानित आंकडा छ । 

प्रतिदिन  ७ सयजना  व्यक्तिको  मृत्य  कुनै  न  कुनै  रुपमा  विषादसँग  सम्वन्धित  रहको  पाइएको  छ  भने  आत्महत्याका  घटना  ३१ प्रतिशत  विषादीसँग सम्वन्धित  रहेको छ ।  

नेपालमा भने मृत्यु हुने मानिसको संख्यामध्ये २५ प्रतिशत  विषादीका कारण मृत्यु हुने गरेको विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए ।
 
विषादीले विषादीको  कारोवारमा  संलग्न  व्यक्ति,  कृषकहरु  तथा  कृषि  उपज  उपभोग  गर्ने  उपभोक्ताहरु  सवैलाई  नराम्रो  प्रभाव  पार्ने बताउँछन्, सुवेदी ।
तर, महिला र केटाकेटीहरुको स्वास्थ्यमा विषादीको  प्रभाव बढि पर्ने  देखिन्छ । 

कस्तो असर पर्छ विषादीको प्रयोगले  ?
विषादीका कारणले आममानिसमा दुई किसिमको रोग देखापर्ने सुवेदीले बताए ।  उनका अनुसार तत्काल असरको रुपमा मुर्छा पर्ने, झाडा पखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्यसम्म हुने गरेको छ ।

दीर्घकालीन असरमा भने अन्धोपना, क्यान्सर, ट्युमर, नपुसंकता, वाझोपन, विकृत बच्चाको  जन्म,  शरीरका  विभिन्न  अंगहरुमा  असर,  नशा  सम्वन्धि  समस्या  जस्तै, पक्षघात  लगायत रहेका छन् ।
सुवेदीका अनुसार एकसय  सताइस  भन्दा  बढि  बिषादिहरुले  अन्तश्राव  प्रणालीला नाश  गर्ने  अनुमान  गरिएको  छ  ।  

अन्तश्राव  प्रणालीले  शरीरमा  रसायनिक परिवर्तन  हुने  प्रकृया,  प्रजनन्,  शरीरको  बृद्धि  र  विकासका  साथै  अन्य  महत्वपूर्ण  कार्यलाई अधिनमा  राखी  मानव  स्वास्थ्यको  हितमा कार्य  गरिराखेको  हुन्छ  । 
यस्ता  बिषादीको  थोरै  मात्राका  बारम्बार  सम्पर्कले  यस  प्रणालीलाइ  असर  पुर्याउँछ । 

अन्तश्राव  नाश गर्ने  रसायन  सालनालबाट  पनि  वारपार  गर्न  सक्दछ  ।  यी  रसायनहरु  भ्रुण  तथा  बच्चा  जन्मे  पश्चातका  अवस्थामा  सम्पर्क  भएमा यसबाट रोगसँग लड्ने क्षमताको ह्रास वयस्क अवस्था सम्म कायम रहन्छ ।

साथै यी रसायनहरुको कुप्रभाव आफना सन्ततीहरुमा पनि  देखा  पर्न  सक्ने सुवेदीले बताए ।

  प्रायः गरि  बिषादीहरु  शरीरमा  ग्रहण  गर्न  तथा  संचय  गर्ने  सम्भावना  बालबालिकाहरुमा  बढि  हुन्छ  ।

बालबालीकाका  विकासशिल  अंगहरुले  यस्ता  बीषहरुलाइ  पूर्ण रुपमा  तटस्थीकरण  वा  हटाउने  कार्य  गर्न  असमर्थ  हुन्छ  ।  साथै, बालबालिकाको  जीवनकालमा  लामो  हने  हुनाले  पछिल्ला  अवस्थामा  दीर्घकालीन  रोगहरु  ल्याउँदछ  ।

खतरनाक  विषादीहरु  मानव  स्वास्थ्य  र  वातावरणका  लागि  चुनौती  रहेको  छ  ।

 संयुक्त  राष्ट्र  संघका अनुसार  विकासोन्मुख देशहरुमा  खतरनाक  विषादी  लगायतका  रसायनहरुको   उत्पादन  र  प्रयोग  मानव  स्वास्थ्य  र  वातावरणको  ख्याल  नगरी  बढिरहको छ  ।

 प्रयोग  भएका  ९५  प्रतिशत  भन्दा  वढि  विषादीहरु  लक्षित  समस्या  समाधान  गर्न  भन्दा  मानव,  वन्यजन्त,  पानीको  श्रोत,  माटो तथा  हावामा  समाविष्ट  भई  रहको  छ  ।  जसले  मानव  स्वास्थ्य  र  वातावरणमा  विभिन्न  समस्याहरु  जन्माएको  छ  । 

यस्तो समस्या कम गर्ने उद्देश्यले ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ मूल नारासहित ६ फागुनदेखि विषादी प्रयोगमुक्त सप्ताह मनाइराखिएको छ । 

१२ फागुनसम्म चल्ने ‘विषदीमुक्त सप्ताह’ कृषि तथा पशुपक्षी विकास मन्त्रायलको प्लान्ट क्वारेन्टी एवम् विषादी व्यवस्थापन केन्द्रले घोषणा गरेको हो ।

केन्द्रले उपत्यका लगायत देशका विभिन्न भागमा विविध चेतनामूलक कार्यक्रम गरी विषदीमुक्त सप्ताह मनाइरहेको केन्द्रका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

जसअन्तर्गत प्रभातफेरी, सडक नाटक प्रदर्शन, नेपाल टेलिभिजन र रेडियो नेपालको कृषि कार्यक्रममा सप्ताहभर विषादीसम्बन्धी चर्चा, सञ्चारमाध्यमबाट सूचना प्रवाह लगायत रहेको उनले बताए ।

Last modified on 2019-02-21 17:15:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts