चुनावको प्रतिबद्धता पुरा गर्दै पुर्व सांसद, निजि लगानीमा २५ शय्याको अस्पताल निर्माण



Download our app to get more features

जाजरकोट,९ फागुन । जाजरकोट बासीले स्वास्थ्य संस्थामा सामान्य औषधि उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता हटेको छ । चुनावमा गरेको प्रतिबद्धता पूरा गर्दै जाजरकोट पूर्व संसद राजिव बिक्रम शाहले २५ शैयाको अस्पताल निमार्ण गरेका छन् । अस्पताल उनको निजि लगानीमा निमार्ण भएको हो । 

कर्णाली प्रदेशकै विकट जिल्ला जाजरकोटमा स्वास्थ्य सेवा प्रभावकारी नहुँँदा स्वास्थ्य संस्थाबाट सामान्य औषधि उपचार पनि नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । सरकारले स्वास्थ्य क्षेत्रमा वार्षिक अर्वौ रुपैँया विनियोजन गरेपनि उचित कार्यान्वयन हुन नसक्दा कर्णाली प्रदेशको जाजरकोट लगायतका अन्य जिल्लाका नागरीकहरुले पनि स्वास्थ्य समस्या झेल्नु पर्ने बाध्यता उत्तिकै छ । 

जाजरकोट जिल्लाकै रोगको रुपमा रहेको स्वास्थ्य समस्यालाई समाधान गर्ने उदेश्यल हाल जाजरकोटको छेडागाड नगरपालिका–५ बडावन गाउँमा सुविधा सम्पन्न २५ शैयाको अस्पताल निर्माण भएको छ । 

तर, अस्पताल भवनको निर्माण सरकारी खर्चमा भएको भने होइन । पूर्वसांसद शाहले चुनाबमा गरेका प्रतिबद्धता पुरा गर्दै कुल ६ करोड रुपैँया निजि लगानीमा अस्पतालको निर्माण गरेका हुन् । 

पुर्बसांसद शाहले हाम्रो कुमारी फाउन्डेसन मार्फत उक्त अस्पताल निर्माण गरेका हुन् । निर्वाचन जितेका जनप्रतिनिधिहरुले पनि आफ्नो प्रतिबद्धता पुरा नगरेको भन्दै देशभर जनगुनासोहरु आउँदै गर्दा शाहले निर्वाचन हारेपनि प्रतिबद्धता पुरा गर्नु उल्लेख्नीय काम भएको स्थानीयबासीहरु बताउँछन् । 

शाहले २०७४ सालको संघीय संसदको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार दिँदा आफुले जाजरकोटी जनताको लागि निर्वाचनको प्रतिफल जस्तो सुकै आएपनि २५ शैयाको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने प्रतिबद्धता गरेका थिए ।  हाल अस्पताल भवन निर्माणको काम करीब ८० प्रतिशत सम्पन्न भईसकेको निर्माण कम्पनीले जनाएको छ ।

सांसद शाहले २०७६ बैशाख महिनासम्ममा अस्पताल सञ्चालनमा ल्याउने बताएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts