गोदानले गर्यो ‘कडा आन्दोलन’को घोषणाः शुक्रबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प !



Download our app to get more features

काठमाडौं ५ फागुन ।  सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले शुक्रबारदेखि कडा आन्दोलनमा उत्रने गरी एक साताका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा पत्रकार सम्मेलन गर्दै गोदानले आन्दोलन कार्यक्रमको घोषण गरेको हो ।

समायोजन ऐनलाई नै मिचर सहसचिवस्तरका ११ औँ तहका चिकित्सकलाई प्रदेशमा गैरकानुनी रुपमा समायोजन गरिएको भन्दै गोदानले आक्रोश व्यक्त गरेको छ । कार्यक्रममा गोदनका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने ‘सरकारले चिकित्सकसितको सम्झौता कार्यान्वयन गर्नुको साटो उल्टै दबाउन खोजेकाले नै थप आन्दोलन गर्नुपरेको हो ।’

सरकारले पटक–पटक मौखिक र लिखित वाचा गरेता पनि सरकार सम्झौता कार्यान्वयन गर्नतर्फ नलागेको भन्दै अध्यक्ष थापाले चिकित्स्कहरुको आवाजलाई बन्द गर्ने रणनीति मात्र बनाउन खोजेको आरोप लगाए ।

सरकारले गत पुस ३० मा भएको सम्झौताविपरीत समायोजन प्रक्रिया अगाडि बढाएकाले सशक्त रुपमा आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको उनले दाबी गरे ।

गोदानले घोषणा गरेका आन्दोलनका कार्यक्रममा सामूहिक राजीनामा संकलन र हस्तान्तरण, माइतीघर मण्डलामा रक्तदान, सामूहिक बिदामा बस्ने तथा आकस्मिकबाहेक सम्पूर्ण सेवा बहिष्कार गरी अवज्ञामा उत्रिनेलगायत  छन् । 

शुक्रबारदेखि देशैभर आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प गरी अवज्ञा आन्दोलन सुरु गर्ने गोदानले बताएको छ । 


 

Last modified on 2019-02-19 07:34:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts