स्वास्थ्य सेवा विभागका उपसचिव लामिछाने विरुद्ध भ्रष्टचारको मुद्धा



Download our app to get more features

काठमाडौं, ५ माघ । स्वास्थ्य सेवा विभागमा कार्यरत उपसचिव बाबुराम लामिछानेलाई भ्रष्टचारको आरोप लागेको छ । यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखराका तत्कालीन शाखा अधिकृत हुदा भाडाका सवारी साधन दर्ता गर्दा नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्याई विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेको उनीमाथि आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामिछानेविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय गर्ने माग गर्दै विशेष अदातलमा शुक्रबार मुद्धा दर्ता गरिएको छ । 
 

Last modified on 2019-02-18 07:04:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts