स्वास्थ्य बीमा बोर्डले थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्दै 



Download our app to get more features

स्वास्थ्य बीमा बोर्डले आगामी चैत मसान्तभित्रमा थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्नेगरी काम अघि बढाएको छ ।

स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा र मोरङमा भोलिदेखि बीमा कार्यक्रमको सुरुवात गर्न लागिएको हो । सिराहा र धनुषा जिल्लामा हालैमात्र बीमा कार्यक्रम सरु भइसकेको छ । नवनियुक्त बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले सबै जिल्लामा बीमाको कार्यक्रम सञ्चालन हुने बताए ।

संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार रहेको छ ।

यही अधिकारलाई कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीमा कार्यक्रमलाई उच्च प्राथमितामा राख्दै सबै जिल्लामा बीमाका कार्यक्रममार्फत् आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जनतालाई ल्याउने नीति लिएको छ ।

हालसम्म विभिन्न ३८ जिल्लामा बीमा कार्यक्रममार्फत् १७ लाखभन्दा बढी बीमित भइसकेको बोर्डले जनाएको छ ।

Last modified on 2019-02-17 17:01:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts