चिकित्सा शिक्षा विधेयक स्वास्थानी कथा जस्तो: योगेश भट्टराई



Download our app to get more features

काठमाडौं, ९ माघ । नेकपाका सांसद एवं संसदकाे शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेस भट्टराइले चिकित्सा शिक्षा विधेयकलाई स्वास्थानि कथाको संज्ञा दिएका छन् ।

उनले हरेक वर्ष पढिने स्वस्थानी कथाजस्तै चिकित्सा शिक्षा विधेयक पनि हरेक वर्ष पढिरहनुपर्ने अवस्था रहेको बताए । रिपाेटर्स क्लब चिकित्सा शिक्षा क्षेत्रमा देखिएका कतिपय समस्याहरु समाधान गर्न ऐन नै बनाउनपर्ने आवश्यकता महशुस भएर नै विभिन्न आयोग, समिति र कार्यदल बनाई अध्ययन गरेर विधेयक तयार पारिएकाे उनले बताए ।

चिकित्सा शिक्षा विधेयक अध्ययन गरेर नै यहाँसम्म पुगेकाे उनकाे जिकिर छ । साथै नेपाली काँग्रेसका सांसदहरुलाई विधेयक मन नपरे मतदान गर्ने माग गर्ने पनि भट्टराइले अनुरोध गरे । उनले सुशिल कोइराला र गिरिजाप्रसाद कोइरालाका नाममा बनेका अस्पताल सञ्चालनको जिम्मा सरकारले लिने बताए । उनले चिकित्सा शिक्षा विधेयक पारित हुने दावी गरे ।

Last modified on 2019-01-24 08:59:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts