वायु प्रदुषणकाे असर यसरी पुग्छ मश्तिष्कमा



Download our app to get more features

 बिबिसी,काठमाडौं । वायु प्रदुषणले कसरी हाम्रो रगत, मुटु , मस्तिष्क र फोक्सोमा असर गर्छ । विभिन्न बस्तुबाट निस्कने धुँवामा नाइट्रोजन डाइअक्साइड र अरु कणहरु हुन्छन् । त्यो मध्ये सवभन्दा खतरनाक तत्वलाई पीएम २.५ भनिन्छ । त्यो एउटा बालुवाको कणभन्दा २० गुणा सानो हुन्छ ।

ती हाम्रो फोक्सोमा पुग्ने मात्र होइन हाम्रो रक्तप्रणालीमै प्रवेश गर्छन् । ठूला कणहरु नाकमै रोकिन्छन् । तर मसिना कणहरु नाकबाट भित्र छिरेर स्नायु प्रणाली ह्ँदैं मस्तिष्कमा पुग्छन् । जम्मा हुँदै जाँदा कडा लेउ जस्तो बन्छ जसले मस्तिष्कका कोषबीचको सम्पर्क विच्छेद गरिदिन्छ । बेलायतका वैज्ञानिकहरुले त्यसका कारण बिर्सने रोग लाग्ने जीवन पनि छोटो बनाइदिने आशङ्का गरेका छन्। यसलाई हृदयघात र दम जस्ता श्वासप्रश्वास रोगसँग पनि जोडेर हेरिन्छ ।

त्यसले बच्चाको फोक्सोको विकासमा अवरोध गर्ने प्रमाण पनि थपिँदै गइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts