प्रचण्ड पत्नि सीता अस्वस्थ, सुमेरु अस्पतालमा भर्ना 



Download our app to get more features

काठमाडौं, ६ माघ । प्रचण्ड पत्नि सीता दाहालको सुमेरु अस्पतालको आइसियुमा राखी उपचार सुरु भएको छ । उनलार्ई आज बिहान एक्कासि छाती दुखेपछि अस्पताल पर्याइएको हो । डा.युवराज शर्माको टोलि उनको उपचारमा खटेका छन् । डा. शर्मा प्रचण्डका निजी डाक्टर हुन् । उनका अनुसार  सीतालाई प्रेसर, सुगर लगायतका रोगहरु छन् । 

अवस्था सामान्य भएपनि अन्य रोग र उमेरका कारण उनलाई अस्पताल ल्याउनु परेको अस्पतालका निर्देशक दिलिप डंगोलले जानकारी दिए । उनको कफ ननिस्किने समस्या रेहेको छ । 

अस्पतालका अनुसार उनलाई कम्तिमा तीन चार दिन राखिने छ । अस्पतालमा सीतालाई भेट्न प्रचण्डबाहेक नारायण काजी श्रेष्ठ र प्रचण्डकी बुहारीसमेत रहेकी मन्त्री बिना मगर अस्पतालमा छन् ।

Last modified on 2019-01-21 07:03:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts