डा. केसीको अवस्था जटिल भएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो



Download our app to get more features

काठमाडौं, ४ माघ । स्वास्थ्य अवस्था थप गम्भीर भएपछि इलाममा अनसनरत डा. गोविन्द केसीलाई आधारातमा काठमाडौं ल्याइएको छ । 

इलामबाट भद्रपुुरसम्म एम्बुलेन्समा ल्याइएका डा केसीलाई काठमाडौं त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । अहिले उनलाई आइसियूमा राखेर उपचार गरिँदै छ । हिजो साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकले कुनै पनि बेला अप्रिय घटना हुनसक्ने भन्दै तत्काल काठमाडौँ लैजान सुझाव दिएका थिए । सोही अनुसार सरकारले राती नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ ल्याएको हो ।

काठमाडौँमा ल्याइसकेपछि पनि शुरुमा डा केसीले उपचार सेवा लिन आनाकानी गरेका थिए । तर सबैको आग्रहपछि राजी भएका उनको थप उपचार थालिएको छ । आफूसँग विगतमा गरिएको सम्झौता अनुसार हुबहु चिकित्सा शिक्षा विधेयक आउनुपर्ने माग सहित डा. केसी नौ दिनदेखि १६ चरणको अनशनमा छन् ।
 

Last modified on 2019-01-18 14:14:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts