माग पुरा नभएको भन्दै आक्रोशित एचएले सरकारसँग वार्ता नगर्ने (भिडियो सहित)



Download our app to get more features

काठमाडौं, ३ माघ । आन्दोलनरत हेल्थ असिस्टेण्टहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफुहरुको माग सम्बोधन नहुञ्जेल सरकारसँग वार्ता नगर्ने निणर्य गरेको छ ।

मन्त्रालयले स्वास्थ्य चौकीको प्रमुख सिअहेव पनि हुन पाउने गरी संगठन संरचना संशोधन गरेसंगै देशैभरका एचएहरु दवावमुलक कार्यक्रममा गरिरहेका छन् । गत पुस २३ गते ६ बुँदे माग राखी मन्त्रालयमा विज्ञप्ति बुझाएसँगै उनीहरु आन्दोलनको मोर्चामा छन् ।

ज्ञापनपत्र दिएको १० दिन बितिसक्दा पनि माग सम्वोधन नभएकाले अब देशभरीबाट आन्दोलमा निस्कन सबै एचएहरुलाई तयार गरिएको आन्दोलनका अगुवाहरुले राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

उनीहरुले शान्तिपूर्ण र दवावमूलक कार्यक्रम गर्न आफुहरुलाई मन्त्रालय परिसरमा प्रवेस निषेध गरिएकोमा पनि आपत्ति प्रकट गरेका छन् । सरकारले बिहीवारभित्र माग सम्बोधन नगरे शुक्रवारबाटै आन्दोलनलाई देशव्यापी रुपमा सशक्त बनाउने एचएहरुले चेतावनी दिएका छन् ।

भिडियोमा हेर्नुहोस् एचएको आक्रोश

यस्तो छ विज्ञप्ति

Last modified on 2019-01-17 17:05:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts