गगन थापाको आग्रहः फकिर डाक्टरलाई पागल तुल्याउन नखोजौं



Download our app to get more features

काठमाडौं, ३ माघ । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सांसद एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले डा. गोविन्द केसीको माग पुरा गरेर सच्चिन सरकारलाई आग्रह गरेका छन् । 

डा. केसीको अनशन र चिकित्सा शिक्षा विधेयकबारे धारणा राख्न राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले योगी र फकिर डाक्टर केसी अनसन बसेको भन्दै थापाले अनेक किसिमका तर्कवितर्क गर्दै उनलाई पागल तुल्याउन लागि परेको आरोप लगाए ।  

सरकारले डा. गोविन्द केसीलाई ढाल्न खोजेको हो ? थापाले प्रधानमन्त्रीलाई प्रश्न गरे । चिकित्सा क्षेत्रमा सुधार गर्न भन्दै लडिरहेका डा. केसीलाई प्रतिपक्ष नदेख्न पनि थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गरे । थापाले भने, ‘आज हामीसँग मेडिकल कलेज त हुन्थ्यो, तर अहिले बंगलादेशको मेडिकल काउन्सिलले मेरो देशको फलानो कलेजमा नपढ्नु भनेर सूचना निकाले जस्तो अवस्था हाम्रो हुन्थ्यो । 

नेपालको चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन एक जनामात्र होइन संयौं गोविन्द केसीको आवश्यक्ता रहेको बताए । संसदीय समितिमा समेत रहेका थापाले विधेयकमा केसीले भने अनुरुप भावना समेटिनुपर्ने भन्दै माग गर्दै आएका छन् । शिक्षा तथा स्वास्थ्य समितिले केसीको असहमति बाबजुद विधेयकको मस्यौदा पास गरेपछि आक्रोशित केसी आठदिनदेखि इलाममा अनश बसेका हुन् । केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिइरहेको बेलामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि बुधवार नै पत्रकार सम्मेलन गरेर केसीको माग पुरा गर्न सरकारलाई दवाव दिएको छ ।

Last modified on 2019-01-18 07:50:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts