राप्ती प्रतिष्ठानमा आन्दोलन गर्ने २ जना कर्मचारीलाई निश्काषनको पत्र

पहिलो चरणमा संघर्ष समितिका संयोजक नै



Download our app to get more features

दाङ्ग, ३ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गले आन्दोलन गर्ने कर्मचारीहरुलाई निश्काषन गर्न थालेको छ । साविक उपक्षेत्रीय अस्पतालबाट आएका २ जना कर्मचारीहरुलाई निश्कासनको पत्र काटिएको  छ । साविक उपक्षेत्रीय अस्पतालको विकास समितिबाट नियुक्त भएका कर्मचारीहरुलाई स्वतः प्रतिष्ठान मातहतमा आउने भन्ने ऐनमा उल्लेख भएता पनि प्रतिष्ठानले डेढ महिनाको नियुक्ति दिएर आफुसहितलाई सेवाबाट हटाउने पत्र तयार पारेको अस्पताल विकास संघर्ष समितिका संयोजक हिमराज गौतमले जानकारी दिए । उनले भने ‘प्रतिष्ठानले पहिलो चरणमा दुईजना कर्मचारीलाई जागिरबाट निस्कासन गरेको पत्र तयार पारेको छ ।”
अस्पताल विकास समितिबाट आएका अस्पताल विकास संघर्ष समितिका संयोजक समेत रहेका इलेक्ट्रिसियन हिमराज गौतम र अहेब ठगुराम भण्डारीलाई पहिलो चरणमा जागिरबाट हटाइएको भन्ने पत्र तयार पारी उनीहरुलाई थमाइएको छ । 

इलेक्ट्रिसियन गौतमलाई भनेको समयमा उपकुलपतिको कार्यकक्षमा घण्टी नबनाइदिएको र अहेब भण्डारीलाई सेवाग्राहीको ड्रेसिङ गरेको शुल्क समयमै काउण्टरमा नबुझाएको भन्दै जागिरबाट हटाइएको पत्रमा उल्लेख गरिएको छ । इलेक्ट्रिसियन गौतम २०६० साल र अहेब भण्डारी २०७१ सालदेखि अस्पतालमा कार्यरत रहेका छन् ।

डिउटी सकिएपछि फोन आयोः गौतम

पुष २७ शुक्रवार भएको हुदा इलेक्ट्रिसियन गौतम विदा भई ३ बजे प्रतिष्ठानबाट निस्किए । करिब ३ः३०मा प्रतिष्ठानका शाखा अधिकृतले फोन गरेर उपकुलपतिको कार्यकक्षको घण्टी बिग्रिएको भन्दै बनाउन बोलाएका थिए । गौतमले ३ बजे डिउटी सकेर मोटरसाइकल बनाउन निस्किएको र अर्को दिन बनाउने भनी उक्त दिएको बताए । ‘आइतवार अफिस समयमै घण्टी बनाइदिएँ” उनले भने ‘वायरलेसको व्याट्रि सकिएको रहेछ ।”

आइतवार नै गौतमलाई विद्युतीय जस्तो संवेदनशील कार्यमा किन जिम्मेवार ढंगले काम नगरेको भनी स्पष्टिकरण सोधियो । गौतमले लिखित रुपमै जवाफ दिए पनि प्रतिष्ठानले उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै निश्कासन पत्र काटेको थियो । गौतमले भने सोहि दिन ३ बजे फोन गरी अफिसमा बोलाएर हस्ताक्षर पर्न भनियो । पत्र नपढी हस्ताक्षर नगर्ने भनेपछि आफुले पत्र पठ्दा २९ गतेदेखि सेवाबाट हटाइएको प्रतिष्ठानले तयार पारेको पत्रमा उल्लेख गरिएको थियो ।

त्यसैगरी अहेब ठगुराम भण्डारीलाई केहीदिन पहिले सेवाग्राहीले ड्रेसिङ गरेवापतको रकम समयमा नै नबुझाएको भन्दै पत्र तयार पारिएको छ ।  उक्त रकम भण्डारीले मीना घर्तीलाई काउण्टरमा बुझाउन भनेका थिए तर सोहि दिन विर्सेपछि अर्को दिन काउण्टरमा बुझाएपछि गैरजिम्मेवारढंगबाट काम भएको भन्दै जागिरबाट हटाउने गरी पत्र तयार बताएइको छ । 
चिकित्सकहरुको पनि अवकाशपत्र तयार पारिदै

नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट करारमा नियुक्त भएका कर्मचारीलाई सेवाबाट अवकाशको पत्र तयार पारिदै गएको स्रोतले दावी गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि प्रतिष्ठानले आनाकानी गर्दै मंसिर १६ गतेदेखि लागु हुने गरी पुस मसान्तसम्मको मात्रै म्याद थपको पत्र दिएको थियो । 

संघर्ष समितिका संयोजक गौतमका अनुसार आयुर्वेद तर्फका डा. नागेश्वर मिश्राकोसमेत अवकास पत्र तयार भइसेको बताए । उनले भने प्रतिष्ठानले पुस महिना सकिएसँगै विभिन्न बहानामा कर्मचारीलाई निकाल्न गर्न थालेको छ, त्यसैले हामीहरुले आन्दोलन गर्दै आएका छौं ।

प्रहरीले अस्तक्षेप गदै ओपिडिमा लगाइएको ताला फोडेको छ । प्रतिष्ठानका चिकित्सकहरुले चौरमा बासेर सेवा दिदै छन् ।

Last modified on 2019-01-17 16:08:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts