क्यान्सर जितेकाहरु सर्भाइभर र्याम्प शोमा उत्रिदै



Download our app to get more features

कठमाडौं, २४ पुस । क्यानसर सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो हुने भएको छ । उपचारपछि क्यान्सर निको हुन्छ, साथै क्यान्सरपछिको जीवन स्वाभाविक र स्वस्थ रहन्छ भने जानकारी गराउनु यस कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ । 

नेपाल क्यान्सर समूह र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा ११ जनावरी ०१९ मा शो हुन लागेको छ ।  क्यान्सर रोग बारे रहेका भ्रमको चिरफार गर्न कार्यक्रम सफल हुने आयोकको विश्वास छ । 

यस र्याम्प शो मा क्यान्सरलाई जितेर हाल सामान्य जीवन बिताइरहेकाहरुको सहभागीता रहने छ । 
 

Last modified on 2019-01-08 16:54:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts