कलेजो प्रत्यारोपण सेवा बिस्तारको तयारीमा नर्भिक अस्पताल



Download our app to get more features

काठमाडौं, १२ पुस । नर्भिक इन्टरनेशनल अस्पतालले कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ । नेपालीले देशभित्रै सुलभ एवं स्तरीय कलेजो प्रत्यारोपणको सुविधा पाउन भन्ने उदेश्यले तयारी थालेको अस्पतालले जनाएको छ ।
यसका लागि आवश्यक पूर्वधार व्यवस्थापनको काम भइसकेको अस्पतालको भनाइ छ । अस्पतालले १९, २० र २१ पुसमा कलेजोे प्रत्यारोपण सम्बन्धी विशेषज्ञ ओपिडी सेवा समेत सञ्चालन गर्न लागेको छ । 

अत्याधिक एवं अनियन्त्रित मद्यपान, धुम्रपान, केही विशेष प्रकारका हेपाटाइटिस आदिका कारण कलेजो सम्बन्धी रोगबाट नेपाली ग्रसित बनिरहेका छन् । कलेजो फेल, कलेजोको सिरोसिस, कलेजोको क्यान्सर भएमा प्रत्यारोपणको अवस्था आउँछ । नेपालमा कलेजो प्रत्यारोपणको सुविधा नहुँदा ठूलो धनरासी बोकेर विदेश जान बाध्य छन् । यसरी विदेशीने पैसा रोक्न र बिरामीलाई सुविधा दिन अस्पतालले प्रत्यारोण सेवा सञ्चालन गर्न लागेको हो ।  

तयारी स्वरुप नर्भिक अस्पतालले आवश्यक चिकित्सकीय टोली तयार पार्ने, आवश्यक पूर्वाधारणमा सुधार गर्ने, अन्य जनशक्तिलाई तालिम दिन थालिसकेको छ । 
 

Last modified on 2018-12-28 07:41:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts