भक्तपुर क्यान्सर अस्पतालले ल्यायो अत्याधुनिक ल्याब मेशिन 



Download our app to get more features

काठमाडौं, २८ मंसिर । नेपाल अर्बुद रोग निवारण संस्था, भक्तपुर क्यान्सर अस्पतालले अत्याधुनिक ल्याब मेशिन ‘भिटोज ३५०’ ल्याएको छ । 

यस किसिमको एड्भान्स टेक्नोलोजी नेपालमा निकै कम रहेको अस्पतालले जनाएको छ । यो मेशिनले समस्याको पहिचान र विश्लेषण आफै गर्ने भक्तपुर क्यान्सर अस्पतालमा जुनियर कन्सल्टेन्ट (प्याथोलोजिष्ट) डा. राकेश पाठकले बताए । यस्तै अर्का जुनियर कन्सल्टेन्ट (प्याथोलोजिष्ट) डा. सनत चालिसेले यस एडभान्स मेसिन जडानले अस्पतालमा आएका बिरामीहरुलाई निकै मद्दत पुग्ने बताए । भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले अब अस्पतालमा केही महिना भित्रै लिनायक उपकरण पनि जडान गरिने बताए । उक्त मेशिन जडानपछि क्यान्सरका बिरामीहरुलाई अत्याधुनिक उपचार सेवा खोज्न अन्त जानुपर्दैन । 

अस्पतालले हालै बाल क्यान्सर रोग विशेषज्ञ डा. सुस्मा गुरुङ तथा न्युरो अन्कोलोजी डा. राजिव शाहलाई पनि भित्रएको छ । 


 

Last modified on 2018-12-14 16:40:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts