भृकुटीमण्डपमा मेडिकल एक्स्पोको रौनक (फोटो फिचर) 



Download our app to get more features

काठमाडौं, २८ मंसिर । भृकुटीमण्डपमा आजबाट मेडिकल एक्स्पो सुरु भएको छ । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान र चीन लगायत देशका विभिन्न औषधि उत्पादक कम्पनीहरूले सहभागीता जनाएका छन् ।


एक्स्पोमा एक सय ६० भन्दा बढी कम्पनीहरूले स्टल राखेका छन् । एक्स्पोमा अधिकांशं स्टल भने भारतीय औषधि उत्पादक कम्पनीको छ । नेपाली औषधि उद्योगको सहभागीता पनि उल्लेख्य छ । एक्स्पोमा चिकित्सा क्षेत्रमा उदायका नयाँ नयाँ औषधि उत्पादक कम्पनीदेखि पुराना कम्पनी सम्मको सहभागीता छ । नयाँ र पुराना औषधि उत्पादक कम्पनीलाई एकै ठाउँमा जमघट गराउनुको साथै साथै मेडिकल क्षेत्रमा विकास भएको टेक्नोलोजी बारे जानकारी दिनु नै मुख्य उदेश्य रहेको आयोजकले जानकारी पदएको छ ।

एसडी प्रोमो मिडियाको आयोजनामा एक्स्पो भएको हो । साथै यसको सहआयोजक केमिकल एण्ड मेडिकल सप्लाएर एशोसियसन नेपालले गरेको छ । एक्स्पो आइतबारसम्म चल्ने आयोजकले जनाएको छ । एक्पो पाँच हजार भन्दा बढीले सहभागीता जनाउने आयोजकको अपेक्षा छ । 

Last modified on 2018-12-15 13:16:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts