नेपाली कामदारको सहज स्वास्थ्य परीक्षणको व्यवस्था गर्न आग्रह



Download our app to get more features

काठमाडौं, २८ मंसिर । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको नेपाली कामदारहरुको सहज स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने नेपाल तरुण दलले त्यहाँ स्थित नेपाली राजदुतावासलाई आग्रह गरेको छ । 

सहज स्वास्थ्य परिक्षणको व्यवस्था नहुदा नेपाली कामदारको मृत्यु भएका घटनालाई देखाउदै नेपाल तरुण दलले कामदारको सहज स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन नेपाली दुतावासलाई आग्रह गरेको हो । 

नेपाली कामदारको अवस्था बुझ्न कतार गएको नेपाल तरुणदलका उपाध्यक्ष सहितको टोलीले नेपाली राजदुत रमेश कोईरालालाई भेटी कामदारको अवस्था र उनिहरुको सुरक्षा लगायत विषयमा जानकारी लिएका थिए । 

नेपालीहरुको ठुलो हिस्सा कतारमा छ तरुणदलका उपाध्यक्ष उत्तम चापागाईले भने, ‘ उनिहरुले कमाएर ल्याएको पैसाले नेपालको अर्थतन्त्र र उनिहरुको परिवार धानिएको छ । त्यसैले कामदारका परिवारको स्वास्थ्य विमा र निःशुल्क वा सस्तोमा स्वास्थ्य परिक्षण गर्ने सहज व्यवस्था कतारमा पनि गरिनु पर्छ ।’ उनले भने, देशको अर्थतन्त्र धान्ने कामदारको स्वास्थ्यलाई सरकारले अहिलेको अवस्थामा कमजोर ठान्न मिल्दैन । चापागाईले वैदेशिक रोजगारमा गएका युवा युवतीहरु स्वास्थ्य रहेको खण्डमा राज्यलाईनै फाइदा पुग्ने बताए । 

नेपाली कामदारहरु विदेशमा मर्ने घटना बढिरहेको भन्दै सरकारले नेपाली दुतावासहरुमा स्वास्थ्य सहचारी टोलि राख्नुपर्ने बताए । अधिकांश मानिस अशिक्षित भएका कारण सम्बन्धीत देशको भाषा र वातावरणबारे जानकारी नहुदा आफुलाइ भएको स्वास्थ्य समस्या लुकाउने गरेका छन् । भाषाले गर्दा आफुलाइ भएको स्वास्थ्यको समस्या नभन्ने र अस्पताल समेत जादैनन् जसले गर्दा कतिपयको मृत्यु भएको छ चापागाई भन्छन । 

नेपालबाट हरेक दिन १ हजार देखि १२ सय सम्म रोजगारको खोजिमा युवाहरु विदेशिने गरेको श्रम मन्त्रालयले जनाएको छ । टेलीले कामदारको सहज रुपमापारिश्रमिक को ब्यबस्थापन  गर्न पनि दुतावासलाई भनेको छ । कतारका लागि नेपाली राजदूत रमेश कोईरालाले आफ्नो गंभिर ध्यानाकर्षण भएको भन्दै समस्या समाधान तर्फ अग्रसर हुने बताए । केही समस्याहरु रहेका छन् त्यसलाई सुधार गर्न हामी लागि परेका छौं कोइरालाले भने ।
 

Last modified on 2018-12-14 16:40:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts