स्वास्थ्य मन्त्रालयको आगन्तुक कक्ष सल्लाहकारको कब्जामा  



Download our app to get more features

काठमाडौं, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगन्तुक कक्ष मासेर मन्त्रीका प्रेस सल्लाहकारको कार्यकक्ष बनाईएको छ ।

मन्त्रालयमा ६ वटा भन्दा बढी कोठा खाली हुँदाहँुदै पनि आगन्तुक कक्षमा सल्लाहकारका लागि कार्यकक्ष बनाईएको छ  । उक्त कक्ष विपन्न, बृद्धबृद्धा र अपांगताका लागि बनाईएको हो । स्वास्थ्य मन्त्रालयको स्थापनाकालदेखि नै आगन्तुक कक्षको रुपमा रहेको उक्त कक्षलाई सल्लाहकारको कार्यकक्ष बनाइएपछि मन्त्रालय भित्रै बिरोध सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका प्रेस सल्लाहकार भक्त थापाले आगन्तुक कक्ष ओगटेपछि सेवाग्राही मारमा परेका छन् । 

मन्त्रालयमा काम विशेषले आउने जेष्ठ नागरिक, शारीरिक रुपले फरक क्षमता भएका व्यक्ति, अशक्त नागरिकलगायतका मानिसहरुले मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई भेट्न घन्टौं कुर्नुपर्ने प्रतिक्षा कक्षलाई सल्लाहकारले कब्जा गरेपछि समग्र सेवाग्रहीको बस्ने ठाउँ मासिएको छ । तत्कालीन गगन कुमार थापा मन्त्री हुदा सचिवालय रहेका कोठाहरु खाली छन् । तर, सल्लाहकार थापले उक्त ठाउँमा बस्न नमानेको स्रोत बताउँछ । 

स्वास्थ्य मन्त्रालयमा विपन्न नागरिक उपचार सहायता, औषधि उपचारलगायत स्वास्थ्य सेवा सम्बन्धी अन्य काम लिएर आउने गर्छन । गोरखापत्र संस्थानमा कार्यरत पत्रकार थापालाई स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १० दिन अघि पे्रस सल्लाहकारमा नियुक्त गरेका थिए ।

Last modified on 2018-12-12 07:10:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts