कर्मचारी व्यवस्थापन समायोजन अध्यादेश अनुसार नै हुन्छः स्वास्थ्य सचिव अधिकारी



Download our app to get more features

काठमाडौं, २४ मंसिर । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या सचिव केदारबहादुर अधिकारीले समायोजन अध्यादेश अनुसार कर्मचारी व्यवस्थापन गरेर अघि बढिने बताएका छन् ।

मन्त्रालयमा सचिवको कार्यभार सम्हालदै सचिव अधिकारीले स्वास्थ्य मन्त्रालयभित्र सुधारका लागि थुप्रै काम रहेको भन्दै सबैलाई मिलेर अघि बढ्न अपिल गरेका छन् । नयाँ संविधानसँगै मन्त्रालयमा थुप्रै कानुन भएको भन्दै अधिकारीले जनस्वास्थ्य ऐन, स्वास्थ्य बीमा ऐन लगायतको कार्यान्वयनका लागि छाता प्रणाली विकास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । 

उनले स्वास्थ्य क्षेत्रमा समस्या भएपनि सुधार नै गर्न नसकिने अवस्था नरहेको बताए । सो अवसरमा मन्त्रालयका निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलले आफ्नो भारी कम भएको महशुस गरेको बताए । नवनियुक्त सचिव अधिकारी यसअघि पनि २ वर्ष स्वास्थ्य मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत थिए । उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या सचिवका रुपमा पदस्थापन गरेपनि उनले आज पदभार सम्हालेका हुन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts