स्वास्थ्यमा लोकसेवा बन्द

लोकसेवाको तयारीमा रहेका ६ हजार स्वास्थ्यकर्मी प्रभावित



Download our app to get more features

काठमाडौं २४ मंसिर । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मौखिक आदेशले लोक सेवाको तयारीमा रहेका ६ हजार बढी स्वास्थ्यकर्मी प्रभावित भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कर्मचारी लोक सेवा मार्फत खुलाउने तयारी स्वरुप माग आकृति फारम तयार गरिसकेको अवस्थामा सामान्य प्रशासन मन्त्रालयले मौखिम आदेशमा रोक्न भनेपछि लोक सेवा तयारीमा रहेका ठुलो संख्यामा स्वास्थ्यकर्मी प्रभावित भएको मन्त्रालयले बताएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ठुलो संख्यामा स्वास्थ्यकर्मी आवश्यक परेको छ । यस अघि हरेक वर्ष असोजको अन्तिम बुधबार विज्ञापन गरी आवश्यक दरबन्दी लोक सेवा मार्फत माग गर्दै आएको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई यो वा त्यो भनेर कुनै पनि बाहनामा प्रभाव पार्न नहुने मन्त्रालयका उच्च अधिकारीहरु बताउछन् । 

३ सय ५६ जना आवश्यक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी प्रशासन शाखाका अनुसार मन्त्रालयलाई तत्काल ३ सय ५६ स्वास्थ्यकर्मी आवश्यक परेको छ । स्वास्थ्यकर्मी अभावले दुर्गममा विशेषज्ञ सेवा अवरुद्ध भएको छ । त्यस्तै ८ औं तहको विज्ञापन रोकिदा दुर्गमका स्वास्थ्य केन्द्रहरुमा चिकित्सक अभाव भएको छ । कर्मचारी प्रशासन शाखाका अनुसार मन्त्रालयले ११ औं तहमा ७५ जनाको दरबन्दीका लागि माग आकृति फारम भरी लोक सेवामा पठाई सकेको छ । त्यस्तै ७ देखि ९ तह सम्मका स्वास्थ्यकर्मीको पनि माग आकृति फारम भरेर तयारी बनाईएको छ । तर, उक्त प्रक्रिया सामान्यका कारण रोकिएको छ । 

स्वास्थ्य मन्त्रालयका एक उप सचिवले भने, सरकारले एकातर्फ बेरोजगारी अन्त्य गर्ने उद्घोष गरेको छ । तर, स्वास्थ्यमा यतिका धेरै पदमा लोक सेवाको तयारी गरिरहेका प्रतिस्पर्धीलाई नकारात्मक प्रभाव परेको छ । स्वास्थ्यको विषय अन्य क्षेत्रको जस्तो नहुने भन्दै यस्तो निर्णय गर्दा विचार पुर्याउनु पर्ने अधिकारीहरु बताउछन् । 

यस्तो छ आवश्यक पद
११ तहको  आवश्यक संख्या  ७५
९ तहको   आवश्यक संख्या  १५१ 
८ तहको   आवश्यक संख्या  ५५ 
७ तहको   आवश्यक संख्या  ७५
जम्मा  ३५६ जना आवश्यक परेको छ । 

अन्य क्षेत्र जस्तो हैन स्वास्थ्य
स्वास्थ्य क्षेत्र अरु भन्दा फरक हो । यसरी दरबन्धी अनुसारको पद लोक सेवाबाट पदपुर्ती नहुदा स्वास्थ्य सस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुने छ । यसका कारण सहरी भन्दा दुर्गम क्षेत्र बढी प्रभावित हुने छ । मन्त्रालयका अनुसार ११ तहको मेडिकल सुपरिटेन्डेन्ट र ९ औं तहको विशेषज्ञ चिकित्सकहरुको दरबन्दी दुर्गम क्षेत्रका ५० शय्याका अस्पतालहरुमा समेत रहेको छ । यसका कारण समयमा दरबन्धी नखुलाए यस्ता क्षेत्रका जनताले बिशेषज्ञ सेवा पाउने छैनन । त्यसै गरी ८ औं तहको विज्ञापन रोकिदा दुर्गमका प्रार्थ्मिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव भै सेवा अवरुद्ध हुनेछ ।
 

Last modified on 2018-12-11 08:29:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts