छोरीलाई न्याय माग्न धर्ना बसेका यज्ञराज पन्त बिरामी 



Download our app to get more features

कञ्चनपुर, ३० कात्तिक । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई सार्वजानीक गर्न माग गर्दै धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त बिरामी परेका छन् । चिसो मौसममा पाँचदिनदेखि लगातार पालमुनि धर्नामा बस्दा उनिहरुको स्वास्थ्य बिग्रिन थालेको हो । 

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारदेखि पीडित परिवार जिल्ला प्रशासन कार्यालयको द्वारमा अनिश्चितकालीन धर्नामा बसेका छन् ।  निर्मलाका सहपाठी, बुवा यज्ञराज, आमा दुर्गादेवी, कान्छी आमा लक्ष्मी र आफन्तहरु धर्नामा बसेका छन् । 

चिसो बाहेक धर्ना बसेको ठाउँ नजिकै भएको झाडीबाट आउने  लामखुट्टेले टोकेर सताउने गरेको निर्मलाकी कान्छी आमा लक्ष्मीले बताइन् । साँझ परेपछि पालबाट सित चुहिने भएकाले निर्मलका बुवा बिरामी परेको उनले बताइन् । अन्यलाई पनि चिसोले गर्दा खोकीले सताएको छ । अहिले निर्मलाका बुबाको उपचारका लागि धर्ना बसेकै ठाउँमा महाकाली अञ्चल अस्पतालका चिकित्सक पुगेर उपचार गरेका छन् । पन्तको रक्तचाप कम हुँदै गएको उपचारमा संलग्न चिकित्सक डा. किशोरकुमार बोहराले जानकारी दिए । 

Last modified on 2018-11-17 06:59:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts