अल्का अस्पतालमा २ मंसिरसम्म मधुमेहको निःशुल्क परीक्षण



Download our app to get more features

काठमाडौं, २९ कात्तिक । विश्व मधुमेह दिवसको अवसर पारेर अल्का अस्पतालमा २ मंसिरसम्म मधुमेहको निःशुल्क परीक्षण शिबिर सञ्चालन भएको छ । सो शिबिर अल्का अस्पताल, लायन्स क्लब अफ अल्का , लियो क्लब अफ अल्का र काठमान्डु डाइबिटिज एण्ड थाइरोइड सेन्टरले संयुक्त रुपमा आयोजना गरेका हन् । 

सो शिबिरमा हरेक मानिसले आफुमा मधुमेह छ छनै भनि निःशुल्क चेकजाँच र बिशेषज्ञ चिकित्सकबाट परामर्श लिन सक्ने अल्का अस्पतालका प्रशासक भगवान केसीले बताए । प्रशासक केसीका अनुसार शिविरमा काठमान्डु डाइबिटिज एण्ड थाइरोइड सेन्टरका वरिष्ठ मधुमेह तथा थाइरोइड बिशेषज्ञ डा. अशुमाली जोशीसहित अन्य वरिष्ठ बिशेषज्ञको उपस्थितिमा परामर्श दिइरहेका छन् ।

बुधबारदेखि सुरु भएको शिबिरमा तीन सय भन्दा बढिले सेवा लिइसकेको अस्पतालले जनाएको छ । आम मानिसको मुख्य स्वास्थ्य समस्या बनिरहेको मधुमेह चेकजाँच गरि ढुक्कसँग जीवनयापन गर्न डा. अशुमाली जोशी लगाएत शिविरमा सलग्न विशेषज्ञहरुले  आग्रह गरेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts