पाल्पामा स्वास्थ्यचौकी भवन निर्माण



Download our app to get more features

पाल्पा, २८ कात्तिक । माथागढी गाउँपालिका–२ रुप्सेमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । रु दुई करोड सात लाखको लागतमा दुई तले भवन निर्माण गरिएको हो । 

बीस कोठा, चार शौचालय र एक हलसहितको सुविधासम्पन्न भवन निर्माण भएपछि काम गर्न सहज भएको छ । विसं २०७२ मा सो भवन निर्माण शुरु गरिएको थियो । स्वास्थ्यचौकी भवन निर्माण भएसँगै गाउँपालिकाले बर्थिङ सेन्टरसमेत सञ्चालनमा ल्याएको छ । भवन र बर्थिङ सेन्टरको पूर्व भूमिसुधारमन्त्री एवं सांसद दलबहादुर रानाले उद्घाटन गरे । 

गाउँपालिकाले बर्थिङ सेन्टरसहितको आधारभूत स्वास्थ्य सेवा प्रदान गरेपछि वडावासी खुशी छन् । प्रसूति सेवाका लागि सदरमुकाम तानसेनको युनाइटेड मिसन अस्पताल र प्रभाषको लुम्बिनी मेडिकल कलेज धाउनुपर्ने समस्या थियो । भवन निर्माण पछि स्वास्थ्यकर्मीलाई काम गर्न सहज हुनुका साथै महिलाले प्रसूति सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । 
रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts